शाओमीद्वारा रेडमी ८ र रेडमी ८ए नेपालमा सार्वजनिक, ड्यूल क्यामरा सेटअप र ५,००० एमएएच ब्याट्री

Technology Khabar २५ कार्तिक २०७६, सोमबार

शाओमीद्वारा रेडमी ८ र रेडमी ८ए नेपालमा सार्वजनिक, ड्यूल क्यामरा सेटअप र ५,००० एमएएच ब्याट्री
शाओमी रेडमी ८

काठमाडौं ।

काठमाडौं । शाओमीले नेपाली बजारमा दुई वटा नयाँ स्मार्टफोन रेडमी ८ र रेडमी ८ ए सार्वजनिक गरेको छ । रेडमी ८ लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो जसमा १२ एमपी डूअल क्यामरा सेटअप रहेको छ ।

रेडमी ८ए, रेडमी ए सिरिजमा सबैभन्दा नयाँ फोन हो जसमा सम्पूर्ण विधामा सुधार गर्नुका साथै यसमा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी रहेको छ ।

दुवै फोनमा ५,००० एमएएच ब्याट्री रहेको छ जसले गर्दा प्रयोगकर्ताले एकपटक चार्ज गरेपछि कयौँ घण्टासम्म प्रयोग गर्न सक्नेछन् ।

शक्तिशाली क्वालकम स्न्यापड्रागन ४३९ अक्टा–कोर चिपसेट जस्ता विशेषताका साथ शाओमीले यो सेगमेन्टमा पहिलो पटक दुवै स्मार्टफोनमा १८ वार्टको फास्ट चारजिङ्ग सपोर्ट गर्ने टाइप–सी यूएसबी ल्याएको छ ।

रेडमी ८ए – स्मार्ट देशको दम्दार स्मार्टफोन
६.२२ इन्च अर्थात १५.८ सीएम डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए मा १९ः९ एस्पेक्ट रेसियो जस्ता विशेषता रहेको छ जसले समग्ररुपमा अदभुत अनुभव प्रदान गर्दछ । फाइन टेक्सचर प्याट्रनका साथ औरा वेभ ग्रीप डिजाइनले गर्दा यसलाई आकर्षक बनाउनुका साथै फिन्गरप्रिन्टको मार्कहरु पनि कम गर्दछ । रेडमी ८ए ले २ प्लस १ डूअल सिम सल्ट र डेडिकेटेड माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ र थप ५१२ जीबीसम्म स्टोरेज एक्सपान्ड गर्न सकिन्छ । रेडमी ८ए मा प्रयोगकर्ताहरुको यो लाइन अपमै लोकप्रिय वायरलेस एफएम रहेको छ जसमा प्रयोगकर्ताले इयरफोन कनेक्ट नगरी एफएम रेडियो बजाउन सक्दछन् ।

शाओमी रेडमी ८ए

रेडमी ८ए को सबैभन्दा महत्वपूर्ण अपग्रेड फ्रन्ट क्यामरा हो । यसमा १२ एमपी सोनी आइएमएक्स ३६३ सेन्सर रहेको छ जसले इमेज सेन्सर विशेषता भएको एक मात्र स्मार्टफोनको छवि प्रदान गर्दछ । १२ एमपी क्यामेरामा ारज्ञ।ड एपर्चर रहेको छ जसले ज्ञ।द्धμm ठुलो पिक्सल साइजको उत्कृष्ट फोटो खिच्दछ । रेडमी ८ए को फ्रन्टमा ८ एमपी सेल्फी क्यामेरा रहेको छ र दुवै फ्रन्ट र रियर क्यामेराबाट एआई पोट्रेट मोड सट लिन सकिन्छ ।

रेडमी ८– डु मोर विथ ४ जीबी
आजका मल्टिटास्किंग गर्ने युवाहरुका लागी चौतर्फी अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी ८ मा ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ । ६४ जीबी र्यामले एक्जस्टिङ्ग स्टोरेज स्पेसको कुनै चिन्ता नगरी सहज उपयोग गर्न मद्दत गर्दछ साथै ४ जीबी निर्बाध मल्टिटास्किंग गर्न मद्दत गर्दछ र यस्तो विशेषता यो भन्दा पहिला यस सेग्मेन्टमा थिएन ।

रेडमी ८ को रियरमा एआई डूअल क्यामरा सेटअप रहेको छ जसमा १२ एमपी प्राइमरी सेन्सर र डेडिकेटेड २ एमपी डेप्थ सेन्सर रहेको छ । यसले विभिन्न परादृश्यमा ३३ वटा श्रेणीसम्म एआई दृश्य डिटेक्सन सपोर्ट गर्दछ । रेडमी ८ को फन्टमा विभिन्न पोट्रेट सेल्फी खिच्न मिल्ने एआई पोट्रेट मोडसहित ८ एमपी क्यामरा रहेको छ ।

रेडमी ८ लाई सुन्दर औरा मिररले फिनिसिंग गरिएको छ जसले यसलाई अत्याधिक सुन्दर देखिन्छन् । यसमा १५.८ सीएम अर्थात ६.२ इन्च हाइ डेफिनेसन आइपीएस एलसिडी स्क्रिन रहेको छ । सहज सुविधाका लागि रियरमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ र यसले एआई फेस अनलक पनि सपोर्ट गर्दछ । प्रयोगकर्ताको अनुभव बढाउन यसमा वायरलेस एफएम रेडियमे र डूअल भोल्टे क्षमता भएको डूअल सिम पनि छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘युएसबी टाइप सी १८ वार्ट फास्ट चार्जिंग सपोर्ट र विशाल ५००० एमएएच ब्याट्रीका साथ दुवै स्मार्टफोनले गेमलाई अर्को लेबलमा पुर्याउनेछन् । उच्च गुणस्तरीय उत्पादन र यस्तो उत्कृष्ट विशेषताका साथ नेपालका एमआई फ्यानलाई अद्भुत अनुभव प्रदान गर्नेछ भन्ने पक्षमा हामी सकारात्मक छौं ।’

उपलब्धता
सनसेट रेड, ओसन ब्लू र मिडनाइट ब्लाक कलर भेरियन्टमा उपलब्ध रेडमी ८ ए २जीबी प्लस ३२ जीबी को मुल्य ११ हजार ९९९ रुपैयाँ र ३ जीबी प्लस ३२ जीबीको मुल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ ।

४ जीबी प्लस ६४ जीबी भेरियन्टकोे रेडमी ८ १४ हजार ९९९ रुपैयाँमा ओनयक्स ब्लाक, रुबी रेड र सेफ्रायर ब्लु कलरमा उपलब्ध हुनेछ ।
दुवै फोनहरु कात्तिक २५ गतेबाट सम्पूर्ण एमआईका अधिकृत पार्टनर, डराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २५ कार्तिक २०७६, सोमबार