अमेरिका र ताइवानद्धारा पहिलो पटक संयुक्त साइबर युद्ध अभ्यास आयोजना

Technology Khabar २१ कार्तिक २०७६, बिहीबार

अमेरिका र ताइवानद्धारा पहिलो पटक संयुक्त साइबर युद्ध अभ्यास आयोजना

काठमाडौं ।

काठमाडौं । अमेरिका र ताइवानी साइबर सेक्यूरिटी अफिसरहरु साइबर वार अभ्यासमा संयुक्तरुपमा सहभागी भएका छन् । विश्वभर संयुक्त सैनिक अभ्यास हुने गरेपनि पहिलो पटक साइबर युद्ध अभ्यास आयोजना गरिएको हो ।

सो साइबर वार इभेन्टमा ताइवानी अधिकारीहरुलाई फिसिंग ईमेल तथा टेक्स्ट पठाएर ह्याक वा आक्रमण गर्ने गरिएको छ । एकसातासम्म संचालन भएको सो साइबर युद्ध अभ्यासमा ताइवानको सरकारसहित अमेरिकन इन्टिच्यूट इन ताइवानले संयुक्तरुपमा आयोजना गरेका हुन् ।
ताइवानले यसअघि पटक पटक चीनको मुख्य भूभागबाट साइबर आक्रमण हुने गरेको बताउँदै आएको थियो । तर सो अभ्यासमा भने उत्तर कोरिया र अन्य खेलाडीहरुलाई चुनौतीको रुपमा मानेर साइबर सेक्यूरिटीको गतिबिधि गरिएकोछ ।

साइबर युद्धको परिकल्पनाका साथ सिमुलेटेड साइबर वार इभेन्ट आयोजनामा गरिने त्यस्ता आक्रमणहरु दैनिक युद्धमा गरिएको जस्तो भएको ताइवानी एक अधिकारीले बताएका छन् ।

यहि शुक्रबारसम्म आयोजना हुने सो साइबर युद्ध अभ्यासमा मालिसियल गतिबिधिहरुद्धारा ताइवानका सरकारी वेबसाइटहरुका साथसाथै निजी कम्पनीहरुलाई चुनौती दिने गरिएको छ ।

ताइवानको तर्फबाट सहभागी संस्था साइबर सेक्यूरिटी एजेन्सीका महानिर्देशकले प्रत्येक महिना ३ करोड भन्दा बढि साइबर आक्रमणहरु हुने गरेकोमा त्यसको करिब आधा चीनबाट मात्रै हुने आशंका व्यक्त गरे ।

सो अभ्यासमा अष्ट्रेलिया, इण्डोनेशिया र जापानपनि सहभागी रहेका छन जसले ताइवानको सुरक्षालाई कोड पठाएर चुनौती दिनेछन् । सो कोड अमेरिकी नेतृत्वको इन्टरनेशनल कम्प्यूटर एट्याक सिमुलेसन अर्थात साइबर स्ट्रोम एक्सरसाइजमा आधारित रहेकोछ । बिबिसी

easy care

प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार

ताजा समाचार