१०८ मेगापिक्सेल क्यामरासहितको स्मार्टफोन ल्याउँदै सामसंग, ग्यालेक्सी एस ११ फेब्रुअरीमा आउने

Technology Khabar २३ आश्विन २०७६, बिहीबार

१०८ मेगापिक्सेल क्यामरासहितको स्मार्टफोन ल्याउँदै सामसंग, ग्यालेक्सी एस ११ फेब्रुअरीमा आउने

काठमाडौं ।

काठमाडौं । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोनको लागि काम गरिरहेको छ । एस सिरिजको ग्यालेक्सी एस १० को सक्सेसरको रुपमा ग्यालेक्सी एस ११ सिरिज ल्याउँदैछ ।

दक्षिण कोरियाली टेक कम्पनीले आगामी वर्ष सार्वजनिक गर्ने नयाँ स्मार्टफोनको बारेमा जानकारीहरु आउन थालेका छन् ।

हालै ग्यालेक्सी एस११ को लन्चिंग मितिको बारेमा नयाँ रिपोर्ट आएको छ । कम्पनीले यसअघि ग्यालेक्सी एस १० फेब्रुअरीमा लन्च गरेको थियो जून यसअघि हुने गरेको लन्चिंग मिति भन्दा अगाडि घोषणा भएको थियो । अब पनि सामसंगले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन केहि दिन अगाडि नै गर्ने तयारी गरेको छ ।

सामसंगको बारेमा जानकारी दिने साममोबाइल डटकमका अनुसार नयाँ स्मार्टफोन आगामी वर्षको फेब्रुअरी १८ तारिखमा सार्वजनिक हुनसक्नेछ । यो स्मार्टफोन सान फ्रान्सिस्कोमा आयोजना हुने इभेन्टमा लन्च हुने रिपोर्टमा उल्लेख छ । तर यो नै निश्चित तोकिएको मिति भने नभएको बताईएको छ ।

कम्पनीले पछिल्ला दुई फ्ल्यागशिप स्मार्टफोन एस ९ र एस १० फेब्रुअरी महिनामा नै सार्वजनिक गरेको थियो ।

यसैबिच कम्पनीले आफ्नो एस ११ मा राखिने पेरिस्कोप क्यामराको परीक्षण शुरु गर्न लागेको छ । कोरियाबाट आएको रिपोर्टअनुसार कोरियन कम्पनी मेकाटेक सिस्टमले बनाएको सो क्यामरा कम्पनीले छिटै टेस्ट सोकेट्स अर्थात परीक्षण शुरु गर्नेछ ।

टेस्ट सोकेट्स हार्डवेयरलाई बिक्रीका लागि उपलब्ध गराउनुभन्दा पहिले उत्पादक कम्पनीले हार्डवेयरको लागि गरिने अन्तिम परीक्षण हो । मेकाटेकले पेरिस्कोप क्यामराहरुका अतिरिक्त टिओएफ मोडूल्ससहितका सामान्य स्मार्टफोन क्यामराहरु पनि नियमितरुपमा निर्माण गर्दछ ।

सामसंगले ग्यालेक्सी एस ११ मा संभवतन ५ एक्स अप्टिक जूम भएको क्यामरा राख्ने चर्चा चलिरहेको छ । त्यसैगरि यसको मुख्य क्यामरामा १०८ मेगापिक्सेल सेन्सर सामसंग इलेक्ट्रो मेकानिक्सद्धारा बनाईएको मोडूलरभित्र राखिने बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: २३ आश्विन २०७६, बिहीबार