लेनोभो, वनप्लस, हाइसेन्सलगायतले पेटेन्ट उल्लंघन गरेको आरोप, अमेरिकी निकायले छानबिन गर्दै

Technology Khabar १२ आश्विन २०७६, आईतवार

लेनोभो, वनप्लस, हाइसेन्सलगायतले पेटेन्ट उल्लंघन गरेको आरोप, अमेरिकी निकायले छानबिन गर्दै

काठमाडौं ।

काठमाडौं । अमेरिकी सरकारले चिनियाँ टेक कम्पनीहरुले पेटेन्ट उलंघन गरेको विषयमा अनुसन्धान शुरु गरेको छ । अमेरिकाको इन्टरनेशनल ट्रेड कमिशनले केहि सेमिकण्डक्टर इक्विपमेन्ट र त्योसँग सम्बन्धत उत्पादनहरुमा अमेरिकी व्यापार ऐनअनुसार पेटेन्ट उलंघनको अनुसन्धान गरिरहेको हो ।

सो कमिसनले चिनियाँ टेक कम्पनीहरु लेनोभो, वनप्लस, टिसिएल, हाईसेन्स ग्रुपलगायतका अन्य कम्पनीहरु रहेका छन् ।

ताइवानी संस्था ग्लोबलफाउण्डरीजले गएको अगस्ट २६ मा टिएसएमसीले आफ्नो १६ पेटेन्टहरुको दूरुपयोग गरेको भन्दै उजुरी गरेको थियो । जसमा टिएसएमसीले हाल उत्पादन गरिरहेको सेभेन नानोमिटर टेक्नोलोजीको उत्पादन पनि संलग्न रहेको छ ।

सोहि समयमा ग्लोबलफाउण्डरीजले दुईवटा अनुसन्धानको लागि आवेदन समेत आईटिसीमा दिएको छ । सो संस्थाले आईटिसीलाई अनुसन्धान गर्न र सो पेटेन्ट प्रयोगमा रोक लगाउन माग गरिएको छ । त्यसैगरि ती प्रोसेसरहरुमा आधारित उत्पादनहरुको प्रयोगलाई पनि सिमित गर्न माग गरिएको छ ।

यो वर्ष मात्रै अमेरिकी कम्पनीहरुले १२ वटा निवेदनहरु चिनियाँ कम्पनीहरुको विरुद्धमा दर्ता गरेका छन् । भने त्यसबारेमा पनि अनुसन्धान भईरहेको छ ।

ती अनुसन्धानले मोबाइल डिभाइसहरु, कम्प्यूटर र तीनको पार्टहरु, विशेष फुड प्रोसेसिंग उपकरणहरु समावेश छन् ।ती अनुसन्धानमा लेनोभो, वानप्लस, टिसिएल र अन्य कम्पनीहरुले अधिकारीहरुलाई सहयोग गरिरहेका छन् ।

तर केहि कम्पनीहरुले भने यो चिनियाँ कम्पनीहरुलाई गिराउने कार्य मात्र भएको बताउँदै आएका छन् । एजेन्सी

easy care

प्रकाशित: १२ आश्विन २०७६, आईतवार

ताजा समाचार