सस्तो स्मार्टफोनका लागि गूगलको एन्ड्रोयड १० गो एडिसन, डिभाइस इन्क्रिप्सन फीचर समावेश

Technology Khabar ११ आश्विन २०७६, शनिबार

सस्तो स्मार्टफोनका लागि गूगलको एन्ड्रोयड १० गो एडिसन, डिभाइस इन्क्रिप्सन फीचर समावेश

काठमाडौं ।

काठमाडौं । गूगलले हालै आफ्नो अपरेटिंग सिस्टम एन्ड्रोयड १० को नयाँ एन्ड्रोयड गो भर्सन आधिकारीकरुपमा उपलब्ध गराएको छ ।

एन्ड्रोयड १० अपरेटिंग सिस्टम विशेषगरि सस्ता डिभाइसहरु जसमा सिमित हार्डवेयर फीचर राखिएका हुन्छन त्यसमा प्रयोग हुने गरेको छ । गूगलको एन्ड्रोयड गोको नयाँ भर्सनलाई एन्ड्रोयड १० गो एडिसन नामले चिनिनेछ ।

नयाँ भर्सनको प्लेटफर्म यसअघिको भन्दा तिब्रगतिको र अधिक सुरक्षाका साथ उपलब्ध हुनेछ ।

एन्ड्रोयड १० गो ले अधिकतम १.५ जीबी र्याम भएका स्मार्टफोनहरुमा राखिने अपेक्षा गरिएको छ । यसअघिको एन्ड्रोयड ९ गो भर्सनको तुलनामा नयाँ भर्सन १० प्रतिशत छिटो एप्स खोल्न सक्ने तथा नयाँ फीचर र सुविधायुक्त रहेको गूगलको भनाई छ ।

यसबाहेक एन्ड्रोयड गो भर्सनका डिभाइसहरुमा अब डिभाइस इन्क्रिप्सनको फीचर पनि राखिएको छ । यसले प्रयोगकर्ताको डिभाइस र डाटालाई सुरक्षित बनाउने छ । एडिएन्टमले बनाएको सो नयाँ किसिमको इन्क्रिप्सन फीचर विशेषगरि इन्ट्रि लेभलका डिभाइसहरुका लागि विकास गरिएको हो ।

एन्ड्रोयड १० गो एडिसनले गूगल एप्समा विभिन्न नयाँ फीचरहरु ल्याएको छ। जसमा आर्टिफिसियल इन्टेलिजेन्स सपोर्ट, यूट्यूब गो, ग्यालरी गो लगायत रहेका छन् ।

यसका साथै एन्ड्रोयड गो ईकोसिस्टमले थर्ड पार्टि एप्सहरु पनि सिमित हार्डवेयर कन्टेक्स्टमा उपलब्ध गराएको छ, जसमा उबर, फेसबुक मेसेन्जर, ट्विटर र स्पोटीफाई रहेका छन् ।

पछिल्लो१८ महिनामा एन्ड्रोयड गोमा ५०० उत्पादकहरुले सो प्लेटफर्ममा लगानी गरेका छन् । जसअन्तरगत १,५०० डिभाइस मोडलहरु विश्व बजारमा १८० देशहरुमा उपलब्ध छन् ।

गूगलले एन्ड्रोयड १० गो एडिसन घोषणा गरेपछि यूजर्सलाई कहिले उपलब्ध गराउने छ भन्ने जानकारी दिएको छैन् ।

easy care

प्रकाशित: ११ आश्विन २०७६, शनिबार

ताजा समाचार