रन सुजको दशै तिहार लक्षित ‘साँवा भन्दा ब्याज ठुलो रिलोडेड’ अफर

Technology Khabar ९ आश्विन २०७६, बिहीबार

रन सुजको दशै तिहार लक्षित ‘साँवा भन्दा ब्याज ठुलो रिलोडेड’ अफर

काठमाडौं ।

काठमाडौं । फुटवेयर ब्राण्ड रन सुजले दशै तिहार लक्षित उपहार योजना ‘साँवा भन्दा ब्याज ठुलो रिलोडेड’ सार्वजनिक गरेको छ । जस अन्र्तगत प्रत्येक जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन मार्फत स्क्र्याच गरी आफुले बोक्नसक्ने जति पैसा र रु. २ लाख सम्म प्राप्त गर्न सकिने छ ।

कम्पनीकाअनुसार यस योजनामा ७ वटै प्रदेशवाट ७ जनालाई आफुले बोक्न सकेजति रुपैया र स्क्र्याच कार्ड मार्फत २ लाख सम्म नगद प्राप्त गर्न सकिने छ ।

स्वदेशी जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन तथा आगामी दिनमा अझ उच्च प्रविधिको प्रयोग गरी जुत्ता तथा चप्पल उत्पादन गर्नुका साथै उपभोक्ताको चाहना र बजारको आवश्यकता अनुसार फेसन, भेराइटी तथा गुणस्तरियतामा रन सुजले विशेष जोड दिएको छ ।

रन सुज इण्डष्ट्रिज प्रा.लि. को उत्पादन रन सुजले जुत्ता तथा चप्पलहरुका करिब २५० नयाँ मोडलहरु समेत सार्वजनिक गरेको छ ।

नयाँ सार्वजनिक गरिएका मोडलहरुमा स्पोर्टस सुज, क्याजुयल सुज, पार्टी सुज स्कुल कलेज सुज तथा लेडिज र जेन्ट्सका चप्पलहरु रहेका छन् । रनका नयाँ मोडलका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध छन् । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत रहेको छ । यो योजना सिमित अवधि सम्मका लागि लागु गरिएको जनाएको छ ।

easy care

प्रकाशित: ९ आश्विन २०७६, बिहीबार