९० करोड डिभाइसहरुमा माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टम प्रयोग

Technology Khabar ९ आश्विन २०७६, बिहीबार

९० करोड डिभाइसहरुमा माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टम प्रयोग

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी माइक्रोसफ्टले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार विश्वभर ९० करोड डिभाइसहरुमा विण्डोज १० अपरेटिंग सिस्टम प्रयोग भईरहेको छ ।

कम्पनीले सन् २०२० को शुरुवातसँगै करिब १ अर्ब डिभाइसहरुमा आफ्नो अपरेटिंग सिस्टम विण्डोज १० प्रयोग हुने अनुमान गरेको छ ।

माइक्रोसफ्टकाअनुसार पछिल्लो १२ महिनामा मात्रै थप नयाँ विण्डोज १० डिभाइसहरु प्रयोगमा आएका थिए, जुन संख्या यो लन्च भएको वर्ष २०१५ देखि यसअघिका कुनैपनि वर्ष हुन सकेको थिएन् ।

‘विण्डोज १० ओएस ९० करोड भन्दा बढि डिभाइसमा ! धन्यवाद हाम्रा ग्राहकहरु, हामीले गएको १२ महिनामा थप नयाँ विण्डोज १० डिभाइसहरु यसअघिको भन्दा बढि जोडेका छौं । जसमा पर्सनल कम्प्यूटरदेखि, होलोलेन्स, एक्सबक्सदेखि सर्फेस हबसम्म विण्डोज निरन्तर प्रयोग भएका छन्,’ कम्पनीका कर्पोरेट भाइस प्रेसिडेन्ट अफ मोर्डन लाइफ एण्ड डिभाइसेज ग्रुपका युसुफ मेहन्दीले भने ।

कम्पनीले सन् २०१८ सेप्टेम्बरमा नै ७० करोड डिभाइसहरुमा विण्डोज १० प्रयोग भएको सार्वजनिक गरेको थियो ।

त्यसैगरि हाल संचालनमा रहेका पर्सनल कम्प्यूटरहरुमध्ये ५०.९९ प्रतिशत भन्दा बढिमा विण्डोज १० अपरेटिंग सिस्टम प्रयोग भईरहेको माइक्रोसफ्टले जानकारी दिएको छ । यसबाहेक विण्डोज ८ ओएस ०.६३ प्रतिशत, विण्डोज ८.१ ओएस ४.२० प्रतिशत प्रयोगमा रहेका छन् ।
एजेन्सी

easy care

प्रकाशित: ९ आश्विन २०७६, बिहीबार