नागरिक लगानी कोषको २४ औं साधारण सभा सम्पन्न, २२ प्रतिशत बोनस शेयर पारित

Technology Khabar ३० भाद्र २०७६, सोमबार

नागरिक लगानी कोषको २४ औं साधारण सभा सम्पन्न, २२ प्रतिशत बोनस शेयर पारित

काठमाडौं ।

काठमाडौं । नागरिक लगानी कोषको आर्थिक बर्ष २०७४/०७५ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो कोषको २४ औं साधारण सभा हो।

सभाले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिशत नगद लाभांस पारित गरेको छ ।

सभामा कोष सचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले आ.ब २०७४/७५ को प्रतिवेदन पेश गरे । कोषले हाल सम्म प्राप्त गरेका उपलब्धि र भावी योजनामा समावेश गरिएका कार्यक्रमहरुको बारेमा उनले प्रकाश पारे । साथै कोषको वचत परिचालन, लगानी व्यवस्थापन, पुँजी बजार सेवा, बैक तथा वित्तिय संस्थामा रहेको निक्षेप असुली, लगानी नीति २०७५ को बारेमा समेत चर्चा गरे ।

आम नागरिकलाई समेट्ने गरी नयाँ वचत कार्यक्रम ल्याउन कोष क्रियाशिल रहेको विचार व्यक्त गर्दै लगानी नीति २०७५ ले काष्ोको लगानीलाई पारदर्सी र प्रतिफलमुखी बनाएको धारणा राखे ।

सभामा शेयर धनीले उठाएका विविध बिषयमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सम्बोधन गरे । सभाले लेखापरीक्षको प्रतिवेदन सहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रबाह विवरण पारित गरेको छ ।

easy care

प्रकाशित: ३० भाद्र २०७६, सोमबार

ताजा समाचार