आइफोन ११ सिरिजमा ३ नयाँ आइफोन सार्वजनिक, नयाँ चीपसेटका साथमा नयाँ क्यामरा सेटअप

Technology Khabar २५ भाद्र २०७६, बुधबार

आइफोन ११ सिरिजमा ३ नयाँ आइफोन सार्वजनिक, नयाँ चीपसेटका साथमा नयाँ क्यामरा सेटअप

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले मंगलबार बेलुका आफ्नो नयाँ आइफोन सिरिज लन्च गरेको छ । कम्पनीले आइफोनसहित सो इभेन्टमार्फत एप्पल वाच, एप्पल आइप्याड, एप्पल टिभी प्लस लगायतका प्रडक्टहरु पनि सार्वजनिक गरेको छ ।

एप्पलले सार्वजनिक गरेको आइफोन ११ सिरिजमा आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स फ्ल्यागशिप फोनहरु लन्च भएका छन् ।

कम्पनीले ल्याउने आइफोन ११ मा एप्पलको नयाँ चीप ए१३ बायोनिक चीप प्रयोग गरिएको छ भने यसमा ड्यूल क्यामरा सेटअप रहेको छ । यसलाई सिरिजको सस्तो आइफोनको रुपमा ल्याईएको छ, जून आइफोन एक्सआरको अपग्रेडको रुपमा आएको छ । यसबाहेक वाटर रेसिस्ट्यान्ट एण्ड ड्यूराबिलिटीको स्तर बढाईएको छ ।

आइफोन ११ प्रो र प्रो म्याक्स भने यसअघिको आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको अपग्रेडको रुपमा आएको छ । यी आइफोनहरुमा भने कम्पनीले ट्रिपल क्यामरा सेटअप राखेको छ । जसलाई स्क्वायर क्यामरा बम्प डिजाइन दिईएको छ । यी सबै आइफोनहरुमा कम्पनीले १२ मेगापिक्सेलको क्यामरा सेन्सर प्रयोग गरेको छ भने सेल्फीका लागि समेत १२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसमा नाइट मोड फीचर राखिएको छ ।

एप्पलले पहिलो पटक आइफोन सिरिज ११ मा सेल्फीका लागि स्लो मोसन फीचर राखेको छ जसलाई कम्पनीले स्लोमोफी नाम दिएको छ । यी क्यामराहरुले फोरके भिडियो ६० फ्रेम प्रति सेकेण्डमा खिच्ने क्षमता राख्दछ ।

एप्पलले आइफोन सिरिज बाहेक एप्पल वाचको नयाँ भर्सन पनि सार्वजनिक गरेको छ । जसमा नयाँ सेरामिक र टाइटानियम केस अप्सन पनि उपलब्ध रहेका छन् । नयाँ एप्पल वाच ५मा स्लीप ट्र्याक फीचर रहेको छ भने यसमा पुरानै प्रोसेसर प्रयोग गरिएको छ ।

कम्पनीले नयाँ आइफोनको ब्याट्री पावरमा पनि सुधार गरेको छ जसले गर्दा यसअघिको आइफोनहरु भन्दा कम्तिमा १ घण्टादेखि ५ घण्टासम्म अतिरिक्त प्रयोग गर्न सकिन्छ ।

कम्पनीले सबैभन्दा कम मूल्यको आइफोन ११ को शुरुवाती मूल्य ६९९ डलरदेखि तोकिएको छ । त्यस्तै आइफोन ११ प्रोको शुरुवाती मूल्य ९९९ डलर देखि रहेको छ ।

अर्को आइफोन ११ प्रो म्याक्सको मूल्य १,०९९ डलरदेखि शुरु हुनेछ । यी तीनवटै आइफोनहरु यहि शुक्रबारदेखि बुकिंगका लागि उपलब्ध हुनेछन भने बजारमा सेप्टेम्बर २० देखि उपलब्ध हुनेछ ।

आइफोन ११ विभिन्न ६ कलर अप्सनमा उपलब्ध हुनेछन् । एप्पलका नयाँ आइफोनहरु बजारमा सेप्टेम्बर २० तारिखदेखि मात्र उपलब्ध हुनेछन् ।

कम्पनीले सेभेन्थ जेनेरेशनका नयाँ आइप्याड सिरिज पनि सार्वजनिक गरेको छ । नयाँआइप्याड ल्यापटप भन्दा २ गुणा तिब्रगतिको भएको कम्पनीको दाबी छ । यसबोहक कम्पनीले एप्पल टिभी प्लस, एप्पल आर्केड र एप्पल रिटेलको नयाँ अफरहरु पनि सार्वजनिक गरेको छ ।

easy care

प्रकाशित: २५ भाद्र २०७६, बुधबार