आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगपछि भारतीय कम्पनी जोमाटोबाट ५४१ कर्मचारीले जागिर गुमाए

Technology Khabar २२ भाद्र २०७६, आईतवार

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगपछि भारतीय कम्पनी जोमाटोबाट ५४१ कर्मचारीले जागिर गुमाए

काठमाडौं ।

काठमाडौं । खाना डेलिभरी गर्ने प्ल्याटफर्म ‘जोमाटो’ले शनिबार आफ्नो उपभोक्ता, व्यापारी र डेलिभरी पार्टनर सपोर्ट टीमबाट ५४१ कर्मचारीलाई जागिरबाट निकालेको छ ।

कम्पनीले जोमाटो प्ल्येटफर्मलाई सुधार गर्दै आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि सामेल गरिएको कारण (करीब १० प्रतिशत) कर्मचारीहरुलाई जागिरबाट निकालेको बताएको छ । कम्पनीका अनुसार यो प्रविधिको शुरुवात पछि अब ग्राहकहरुको समस्या सिधै अटोमेसनबाट हुन थालेको छ । जसले गर्दा डाइरेक्ट अर्डर डेलिभरी लिने कार्यमा कमी आएको छ भने कर्मचारीको आवश्यकता पनि कम भएको छ ।

‘यस प्रकारको निर्णय लिन निकै कठिन थियो । निकालिएका कर्मचारीहरुलाई थप दुई महिनाको तलब प्रदान गरिएको छ । त्यस्तै, कर्मचारीको परिवारलाई सन् २०२० जनवरीसम्म स्वास्थ्य बीमाको सुविधा दिइएको छ । अन्य कम्पनीहरुसँग क्यारियर फेयरको अवसर दिईएको छ,’ कम्पनीले भनेको छ ।

कम्पनीका अनुसार प्रविधिको कारण ब्याकह्याण्डमा सपोर्टको आवश्यकता कम भएको थियो । कम्पनीले अघिल्लो महिनामात्र गुडगाँव कार्यालयबाट ६० कर्मचारीलाई निकालेको थियो ।

कम्पनीले भनेको छ, ‘पछिल्लो केही महिना हामीले हाम्रो टेक्नोलोजी प्रोडक्ड र प्ल्येटफर्म राम्रो भएको पायौँ । यसले गर्दा हाम्रो केवल ७.५ प्रतिशत अर्डरलाई मात्र सपोर्ट कर्मचारीको आवश्यकता भएको पायौँ ।’ यसअघि यस्तो आवश्यकता १५ प्रतिशत अर्डरका लागि रहेको थियो ।

जोमाटोकाअनुसार कम्पनीले १२०० जनालाई खाना डेलिभरीको लागि भाडामा लिएको छ भने अन्य ४०० जनालाई अरु कार्यहरुमा लगाएको छ । एजेन्सी

easy care

प्रकाशित: २२ भाद्र २०७६, आईतवार

ताजा समाचार