ह्वावे गूगलको साथबाट भाग्न नसक्ने, नत्र पश्चिमा बजारमा गुमाउनु पर्ने- फोर्ब्सको रिपोर्ट

Technology Khabar ९ भाद्र २०७६, सोमबार

ह्वावे गूगलको साथबाट भाग्न नसक्ने, नत्र पश्चिमा बजारमा गुमाउनु पर्ने- फोर्ब्सको रिपोर्ट

काठमाडौं ।

काठमाडौं । पछिल्लो दिनहरुमा अमेरिका र चिनियाँ कम्पनी ह्वावेबिच समस्या चर्किरहेको छ । ह्वावेले अमेरिकी प्रतिबन्धका बाबजुद आफ्नो व्यवसायमा निकै सानो अंशको मात्र असर पर्ने बताईरहँदा अर्कोतर्फ ह्वावेलाई पश्चिमा बजारमा भने त्यसले निकै असर पार्ने रिपोर्ट आएको छ ।

अमेरिकी बिजेनस म्यागेजिन फोब्र्सकाअनुसार पश्चिमा बजारमा ह्वावेलाई गूगलको सहयोग बिना समस्या हुनेछ । फोब्र्सले प्रकाशित गरेको रिपोर्टमा बनयान हिल पब्लिसिंगका वरिष्ठ अनुसन्धानकर्ता विश्लेषक तथा अर्थशास्त्री टेड बौमनको भनाईलाई उल्लेख गरिएको छ ।

‘ह्वावे गूगलको एन्ड्रोयड वा एप्पलको आईओएसको वैकल्पिक मोबाइल अपरेटिंग सिस्टम विकासको निकै शुरुवाती चरणमा रहेको ईलेक्ट्रोनिक्स म्यानुफ्याक्चरर हो,’ उनले भने, ‘अर्कोतर्फ गूगल, निकै फैलिएको टेक्नोलोजी कम्पनी हो जसको रुची विभिन्न क्षेत्रहरुमा रहेको छ । योसँग अनलाइन सर्चको एकाधिकारबाट आएको ठूलो दूहुनो गाई रहेको छ । यो सँग निरन्तर बढिरहेको क्लाउड कम्प्यूटिंगको महत्वपूर्ण खेलाडी पनि हो । यसले गर्दा गूगललाई विभिन्न खण्डहरुबाट आम्दानी गर्ने बाटो दिएको छ जसले गर्दा ह्वावेसँग कुनैपनि प्राइस वारमा सहयोग गर्दछ ।’

उनले चिनियाँ बजारमा भने कम्पनीले चीनको सहयोगमा ससक्त एडभान्टेजका साथमा बजार निर्माण गर्न सक्ने बताएका छन् । ह्वावेले आफ्नो घरेलु बजारमा गूगलसँग प्राविधिक र पूँजीको साथमा प्रतिरक्षा गर्न सक्दछ तर यो हाईपोथेसिस मात्र भएको बताए ।

त्यसैगरि अर्का विश्लेषक इन्भेष्टिंग डटकमका क्लेमेन्ट थाईबाउल्टले अन्तत ह्वावे पश्चिमा विश्वको क्रशहेयर्समा हुनेछ, यसले गूगल जस्तो कम्पनीसँग ससक्त प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यसअघि ह्वावेले आफैंले विकास गरेको आफ्नो अपरेटिंग सिस्टम हार्मोनी ल्याएको थियो । हाल सो अपरेटिंग सिस्टम स्मार्टफोनमा प्रयोग नहुने कम्पनीका अधिकारीहरुले बताउँदै आएका छन् । सो अपरेटिंग सिस्टम अमेरिकाले लगाएको प्रतिबन्धपछि अमेरिकी वस्तु र सेवा प्रयोग गर्न नपाउने हुँदा विकास गरेको हो ।

तर पनि ह्वावेले आफ्ना स्मार्टफोनहरुमा एन्ड्रोयडकै अपरेटिंग सिस्टम नै प्रयोग गर्ने उल्लेख गरेको छ ।

अमेरिकी सरकारले ह्वावेलाई चिनियाँ सरकारको लागि जासुसी गरेको आरोप लगाएर प्रतिबन्धको सूचीमा राखेको छ । तर ह्वावेले भने सो आरोप अस्विकार गर्दै आएको छ ।

स्रोत माध्यम

easy care

प्रकाशित: ९ भाद्र २०७६, सोमबार