एप्पलका सिईओले भेटे अमेरिकी राष्ट्रपतिलाई, सामसंगले भन्सार शुल्कको फाईदा लिनसक्ने आशंका

Technology Khabar ३ भाद्र २०७६, मंगलवार

एप्पलका सिईओले भेटे अमेरिकी राष्ट्रपतिलाई, सामसंगले भन्सार शुल्कको फाईदा लिनसक्ने आशंका

काठमाडौं ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी टेक कम्पनी एप्पल ईंकका सिईओ टिम कुकबिच व्यवसायको बारेमा छलफल भएको छ ।

दुबैजनाबिच चिनियाँ आयातकर्ताहरु र दक्षिण कोरियाली कम्पनी सामसंग इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडबिच भईरहेको अमेरिकी भन्सार शुल्कको असर बारे छलफल भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुकले ट्यारीफले एप्पललाई गर्ने असरको बारेमा राम्रो उदाहरण दिएको भन्दै तर सामसंगका उत्पादनहरुमा भने ती ट्यारिफहरु समान जस्तै नभएको बताए ।

अमेरिकाले चीनबाट हुने आयातीत वस्तुहरुमा ३०० बिलियन डलरको आयातमा ट्यारिफ लगाएको छ जसमा कन्जूमर ईलेक्ट्रोनिक्स पनि रहेका छन्, जून सेप्टेम्बर १ र डिसेम्बर १५ दुईवटा चरणमा लागू हुनेछ ।

तर अमेरिका र दक्षिण कोरियाले भने गत वर्ष मात्र व्यापार सम्झौता गरेका थिए ।

एप्पलका म्याकबुक ल्यापटपहरु र आईफोनहरुले आउँदो डिसेम्बर १५ सम्ममा अतिरिक्त शुल्कको सामना गर्नुपर्नेछैन् । तर कम्पनीका अन्य केहि उत्पादनहरु जसमध्ये एयरपोड्स, एप्पल वाच, होमपडलगायतलाई भने सेप्टेम्बर १ तारिखदेखि नै अतिरिक्त शुल्क लाग्नेछ ।

easy care

प्रकाशित: ३ भाद्र २०७६, मंगलवार

ताजा समाचार