ह्वावेले एलसिडी अन स्क्रीन फिंगरप्रिन्ट सेन्सर प्रविधयुक्त स्मार्टफोन ल्याउँदै

Technology Khabar २७ श्रावण २०७६, सोमबार

ह्वावेले एलसिडी अन स्क्रीन फिंगरप्रिन्ट सेन्सर प्रविधयुक्त स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

काठमाडौं । एन्ड्रोयड स्मार्टफोनहरुमा अन स्क्रीन फिंगरप्रिन्ट सेन्सर निकै लोकप्रिय रहेको छ ।

अन स्क्रीन फिंगरप्रिन्ट सेन्सर केबल ओएलईडी डिस्प्लेहरुमा मात्र संभव रहेको छ जुन सस्ता एलसिडी स्क्रीनहरु भन्दा निकै महंगो हुने गर्दछ ।

तर हालै एउटा कम्पनीले एलसिडी डिस्प्लेमा पनि अन स्क्रीन फिंगरप्रिन्ट सेन्सर समावेश गरेको छ ।जसले गर्दा सस्तो स्मार्टफोनहरुमा पनि अन स्क्रीन फिंगरप्रिन्ट आउने बाटो खुला गरेको थियो ।

यसलाई ध्यानमा राखेर चिनियाँ टेक कम्पनी ह्वावेले त्यस्तै किसिमको डिभाइस बनाउँदै छ जसमा अन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हुनेछ ।
कम्पनीले हालै ह्वावे डेभलपर्स कन्फ्रेन्समा एलसिडी डिस्प्ले भएको स्मार्टफोन प्रदर्शन गरेको छ जसमा अन स्क्रीन फिंगरप्रिन्ट सेन्सर राखिएको थियो । कम्पनीकाअनुसार सो डिभाइस छिटै व्यवसायीक उत्पादनमा जानेछ ।

यसअघि बिओईका भाइस प्रेसिडेन्टले एलसिडी फिंगरप्रिन्ट सेन्सिंग टेक्नोलोजी यो वर्षको चौथो चौमासिकमा मात्र मास प्रडक्सनमा जाने बताएका थिए ।

यदि यस्तो प्रविधियुक्त डिभाइस बजारमा आएमा यसले बजारमा नयाँ आयाम शुरु गर्ने अनुमान गरिएको छ । किनकी एलसिडीभएका स्मार्टफोनहरु सस्ता हुन्छन र ती ३०० डलर भन्दा कम मूल्यका हुन्छन् । एजेन्सी

easy care

प्रकाशित: २७ श्रावण २०७६, सोमबार

ताजा समाचार