ह्वावेले पी सिरिजमा ३ वटा नयाँ स्मार्टफोनहरु ल्याउँदै, दर्ता गर्यो नयाँ ट्रेडमार्क

Technology Khabar १९ श्रावण २०७६, आईतवार

ह्वावेले पी सिरिजमा ३ वटा नयाँ स्मार्टफोनहरु ल्याउँदै, दर्ता गर्यो नयाँ ट्रेडमार्क

काठमाडौं ।

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी ह्वावेले आफ्नो पी सिरिजलाई फेरी अगाडि बढाउने भएको छ । कम्पनीले हालै बेलायतमा पी सिरिजका स्मार्टफोनहरुको लागि ट्रेडमार्क दर्ता गरेको छ ।

ह्वावेले पी सिरिजमा पी ३००, पी ४०० र पी५०० नामक स्मार्टफोनहरु ल्याउन लागेको हो ।

ह्वावेले हाई एण्डका स्मार्टफोनहरुमा पी र मेट सिरिजलाई अगाडि बढाउँदै आएको छ । कम्पनीले सन् २०१७ मा पी१० लन्च गरेको थियो भने त्यसपछि कम्पनीले एकै पटक पी२० लन्च गर्यो अहिले पी सिरिजमा पी३० स्मार्टफोन बजारमा छ ।

ह्वावेले पी सिरिजका साथै मेट सिरिजमा पनि सोहि आईडिया लगाउँदै मेट ३० ल्याउने तयारी गरिरहेको छ, जुन केहि समयपछि नै लन्च हुने अनुमान छ । एजेन्सी

easy care

प्रकाशित: १९ श्रावण २०७६, आईतवार