‘पबजी’को लाइट भर्सन एप १ करोड भन्दा बढि डाउनलोड, भारतीय बजारले गर्दा बढे प्रयोगकर्ता

Technology Khabar १५ श्रावण २०७६, बुधबार

‘पबजी’को लाइट भर्सन एप १ करोड भन्दा बढि डाउनलोड, भारतीय बजारले गर्दा बढे प्रयोगकर्ता

काठमाडौं ।

काठमाडौं । प्लेयर अननोट ब्याटलग्राउण्ड अर्थात पबजी नामक अनलाइन गेमको लाइट भर्सन भारतीय बजारमा उपलब्ध गराएको ३ दिनभित्रै कम्पनीको डाउनलोड १ करोड भन्दा बढि नाघेको छ ।

यो डाउनलोडसँगै कम्पनीको पबजी लाइट प्ले स्टोरमा फ्री गेम्सको टपमा पुगेको छ ।

चिनियाा कम्पनी टेनसेन्टले तयार पारेको यो गेम भारतमा निकै लोकप्रिय रहँदै आएको छ ।

कम्पनीले हालै विज्ञप्ति जारी गरेर पबजी मोबाइल लाइटको लोकप्रियता यहिँबाट लगाउन सकिने उल्लेख गरेको छ ।

भारतीय स्मार्टफोन बजारको धेरै सेगमेन्टमा इन्ट्रि लेभलको स्मार्टफोन छ । अब नयाा लाइट भर्सनको कारण यो सेगमेन्टका मानिसहरुले पनि यो गेम खेल्न सक्नेछन, जसले पहिले खेल्न पाउँदैन् थिए, कम्पनीले भनेको छ ।

कम्पनीकाअनुसार लाइट भर्सन पबजीमा यसको मुख्य भर्सनको जस्तै १०० को साटो ६० व्यक्तिले एउटै म्यापमा खेल्न सक्नेछन् । जसले गर्दा गेमको अन्तिम १० मिनेटमा तिब्ररुपमा काम गर्ने बताएको छ ।

यो गेम एप ४०० एमबीको स्टेप लिन्छ भने २ जीबी र्याम भन्दा कमको डिभाइसमा पनि खेल्न सकिन्छ ।

नेपालमा पनि प्रतिबन्धमा परेको पबजीको मुख्य भर्सन २०१७ मा लन्च हुने वित्तिकै गूगल प्ले स्टोरबाट १० करोड भन्दा बढि डाउनलोड भईसकेको छ । यसको सीजन ८ गत साता मात्र रिलिज गरिएको थियो ।

easy care

प्रकाशित: १५ श्रावण २०७६, बुधबार