निनटेण्डो स्वीचमा अनौपचारिकरुपले एन्ड्रोयड उपलब्ध

Technology Khabar १३ श्रावण २०७६, सोमबार

निनटेण्डो स्वीचमा अनौपचारिकरुपले एन्ड्रोयड उपलब्ध

काठमाडौं ।

काठमाडौं । भिडियो गेमिंग स्वीच निनटेण्डोमा एन्ड्रोयड उपलब्ध भएको छ । एक्सडीए डेभलपर्सको टिमले यसअघि नै एन्ड्रोयड प्रयोग गर्न सकिने निनटेण्डो स्वीच बनाईरहेको थियो हुन अब डाउनलोडका लागि उपलब्ध रहेको छ ।

निनटेण्डो स्वीच एन्ड्रोयड मोड सिस्टमको माइक्रो एसडी कार्डबाट संचालन हुन्छ । यसले गर्दा निनटेण्डो स्वीच प्रयोगकर्ताले छुट्टै एन्ड्रोयड रन गर्न स्वीच ब्रेक गर्नु पर्दैन् ।

निनटेण्डो स्वीचमा एन्ड्रोयड उपलब्ध हुँदा यसमा निनटेण्डो जोय कोन्स पनि सर्पोटेड छ । यसको अर्थ तपाईँले जोय कन्सलाई एन्ड्रोयड गेमहरु खेल्दा प्रयोग गर्न सक्नुहुनेछ ।

एक्सडीए डेभलपर्सको फोरममा गरिएको घोषणा अनुसार यसमा लाइनएज ओएस १५.१ रोम दुबैमा काम गर्दछ । एजेन्सी

easy care

प्रकाशित: १३ श्रावण २०७६, सोमबार