ह्वावेले आफ्ना ६० प्रतिशतभन्दा बढि मोबाइल फोनमा हिसिलिकनका चीपसेट प्रयोग गर्ने

Technology Khabar १२ श्रावण २०७६, आईतवार

ह्वावेले आफ्ना ६० प्रतिशतभन्दा बढि मोबाइल फोनमा हिसिलिकनका चीपसेट प्रयोग गर्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर ह्वावेले सन् २०१९ को दोस्रो अर्ध वार्षिकसम्मा आफ्ना ६० प्रतिशत भन्दा बढि स्मार्टफोनहरुमा कम्पनीकै चीपसेट प्रयोग हुने अपेक्षा राखेको छ ।

कम्पनीले हिसिलिकन नामक चीपसेट भएका स्मार्टफोनहरु सन् २०१८ को तुलनामा थप बढि ल्याउने उल्लेख छ ।

हालै आएको एक रिपोर्टअनुसार सन् २०१९ मा करिब २७ करोड मोबाइलहरु आपूर्ति हुनेमध्ये १५ करोड भन्दा बढी ह्वावे ह्याण्डसेटहरुमा किरिन मोबाइल चीपसेट प्रयोग हुनसक्नेछ ।

कम्पनीले आफ्नै चीपसेटलाई अगाडि बढाईरहेको बेला कम्पनीका संस्थापक तथा सिईओ रेनझेनफेईले भने अमेरिकी चीपसेट मेकर क्वालकमसँग निरन्तर चीपसेट खरिद गर्ने बताएका छन् ।

रिपोर्टकाअनुसार ह्वावेले क्वालकमसँग कम्तिमा ५० मिलियन चीपसेट यूनिट खरिद गर्नेछ, जून सन् २०१८ मा रेकर्ड खरिद भएको थियो ।
हिसिलिकनको किरिन चीपसेट क्वालकमको स्न्यापड्रागन ८ सिरिजभन्दा पूरै फरक हुने बताईएको छ । तर ह्वावेले लो इण्डका चीपसेटहरु पनि क्वालकमसँग अझै किनिरहेको छ, जसमा एस६६० र एस ६३६ चीपसेट छन् ।

ह्वावेको हिसिलिकनको सेकेण्ड भर्सनको ७ नानोमिटर किरिन ८१० चीपसेट गएको जूनमा लन्च भएको थियो जून कम्पनीका मिडिल रेन्जका स्मार्टफोनहरुमा प्रयोग हुनेछ। एजेन्सी

Sajilo Visa

प्रकाशित: १२ श्रावण २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार