भिडियो शेयरिंग एप टिकटकले अश्लिल र गलत कन्टेन्ट भएका ६० लाख भिडियोहरु हटायो

Technology Khabar ७ श्रावण २०७६, मंगलवार

भिडियो शेयरिंग एप टिकटकले अश्लिल र गलत कन्टेन्ट भएका ६० लाख भिडियोहरु हटायो

काठमाडौं ।

काठमाडौं । भिडियो शेयरिंग एप टिकटकले आफ्नो प्लेटफर्मबाट ६० लाख भन्दा बढि भिडियोहरु हटाएको छ । भारतमा निकै लोकप्रिय रहेको टिकटकले विशेषगरी भारत सरकारले पठाएको नोटिसपछि यो कदम चालेको हो ।

टिकटकले भारतमा कन्टेन्ट गाइडलाइन्सको उलंघन गर्ने किसिमका ६० लाख भन्दा बढि भिडियोहरु डिलिट गरेको जानकारी दिएको छ । भारतमा सरकारले कम्पनीलाई २४ बुँदे प्रश्न सोधेपछि कम्पनीले आफ्नो प्लेटफर्ममा भएका गलत कन्टेन्टहरु हटाएको हो ।

टिकटकका सेल्स एण्ड पार्टनरशिप निर्देशक सचिन शर्माले टाइम्स अफ इण्डियासँग कुरा गर्दै टिकटकको प्लेटफर्म सिर्जनात्मकता र ट्यालेन्टको लागि सुरक्षित र सकारात्मक बनाईराख्न प्रतिबद्ध भएको बताएका छन् ।

टिकटकको कन्टेन्टले कम्यूनिटी गाइडलाइन पालना नगर्ने भिडियोहरुलाई हटाउने उल्लेख गरेको छ । जसमा बुलिंग हर्यासमेन्ट वा हेट स्पीच, ग्राफिक कन्टेन्ट वा न्यूड कन्टेन्टलगायत रहेका छन् ।

भारतमा टिकटकले अश्लिलता फैलाएको भन्दै केहि समयअघि यसलाई एप स्टोर तथा प्ले स्टोरबाट हटाईएको थियो । एजेन्सी

easy care

प्रकाशित: ७ श्रावण २०७६, मंगलवार