ओपो एफ११ अब ‘ज्वेलरी ह्वाइट’ रंगमा नेपाली बजारमा उपलब्ध

Technology Khabar ३० असार २०७६, सोमबार

ओपो एफ११ अब ‘ज्वेलरी ह्वाइट’ रंगमा नेपाली बजारमा उपलब्ध

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले एफ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा सार्वजनिक गरेको छ । पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो । यसको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० निर्धारण गरेको छ ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ मायाँ र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ।”

फोनमा उपभोक्तालाई सहज तथा त्रुती रहित प्रयोग अनुभव प्रदान गर्ने उद्देश्यका साथ ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ । ओपोको एफ११ सिरिजले समग्र एफ सिरिजलाई नै नयाँ उचाई प्रदान गरेको कम्पनीको दाबी छ ।

easy care

प्रकाशित: ३० असार २०७६, सोमबार

ताजा समाचार