चिनियाँ स्मार्टफोन मेकर मेजूको ५जी स्मार्टफोन सन् २०२० मा आउने

Technology Khabar १९ असार २०७६, बिहीबार

चिनियाँ स्मार्टफोन मेकर मेजूको ५जी स्मार्टफोन सन् २०२० मा आउने

काठमाडौं ।

काठमाडौं । टेक इण्डष्ट्रिमा सबैभन्दा नयाँ विषय भनेको अहिले ५जी प्रविधि रहेको छ । विभिन्न कम्पनीहरुले ५जी प्रविधि विकास र परीक्षण गरिरहँदा मोबाइल कम्पनीहरु पनि ५जी स्मार्टफोन ल्याउने क्रममा रहेका छन् ।

हालै चिनियाँ कम्पनी मेजूले ५जी डिभाइल ल्याउने तयारी गरेको रिपोर्ट आएको छ । यसअघि अप्रिलमा ५जी ह्याण्डसेटको बारेमा काम गरिरहेको मेजूले अहिले भने सन् २०२० मा ५जी स्मार्टफोन ल्याउने तयारी गरेको छ ।

कम्पनीले मेजू १७ नाममा ल्याउने ५जी स्मार्टफोन पोर्टलेस कन्सेप्ट स्मार्टफोनबाट प्रेरित हुने संभावना रहेको छ ।

मेजूको नयाँ ५जी स्मार्टफोन संभवत आगामी वर्षको दोस्रो चौमासिकमा लन्च हुनेछ । त्यसअघि कम्पनीले विभिन्न ५जी नेटवर्कहरुमा त्यसलाई परीक्षण गर्ने र सफल उपयोगको लागि योग्य बताउने रिपोर्टमा उल्लेख छ । विशेषगरि कम्पनीले आफ्नो होम कन्ट्री चीनमा यसको सफल प्रयोग गर्न सकिने किसिमको बताउने बताईएको छ ।

यो स्मार्टफोनमा ६ इन्चको सूपर एमोलेड डिस्प्ले राखिने छ भने फोटोग्राफीका लागि २० मेगापिक्सेल प्लस १२ मेगापिक्सेलको ड्यूल क्यामरा सेटअप हुनसक्नेछ । त्यसैगरि स्न्यापड्रागन ८५५ चीपसेटका साथमा ६ जीबी वा ८ जीबी र्याम तथा १२८ जीबी र २५६ जीबी स्टोरेज हुनसक्ने बताईएकोछ।

easy care

प्रकाशित: १९ असार २०७६, बिहीबार