फेसबुकलाई जर्मनीमा २३ लाख अमेरिकी डलर जरिवाना, गैरकानूनी कन्टेन्टबारे गलत रिपोर्टको आरोप

Technology Khabar १८ असार २०७६, बुधबार

फेसबुकलाई जर्मनीमा २३ लाख अमेरिकी डलर जरिवाना, गैरकानूनी कन्टेन्टबारे गलत रिपोर्टको आरोप

काठमाडौं ।

काठमाडौं । सामाजिक संजाल फेसबुकलाई जर्मन अधिकारीहरुले २ मिलियन भन्दा बढि अमेरिकी डलर जरिवाना लगाएका छन् । जर्मनीमा फेसुबकले आफ्नो प्लेटफर्ममा भएको गैरकानूनी कन्टेन्टको बारेमा गलत जानकारी दिएको भन्दै सो जरिवाना लागेको हो ।

फेसबुकले अनिवार्यरुपमा बुझाउनुपर्ने पारदर्शि रिपोर्टमा उल्लेख गरेको गैरकानूनी कन्टेन्टबारे अपुरो सूचना प्रदान गरेको भन्दै जरिवाना गरिएको हो ।

जर्मनीमा नेटवर्क इन्फोर्समेन्ट एक्ट गत वर्ष लागू गरिएको थियो, जसअन्तरगत सामाजिक मिडिया प्लेटफर्महरुले प्रत्येक ६ महिनामा उनीहरुले गैरकानूनी कन्टेन्टको बारेमा प्राप्त गरेको गुनासोहरुबारे उल्लेख गर्नुपर्दछ ।

कम्पनीहरुले हेट स्पीच वा फेक न्यूज पत्ता लगाएको २४ घण्टाभित्र हटाउनुपर्ने आवश्यक छ, नत्र भने उनीहरुलाई ६० मिलियन डलरसम्मको जरिवाना लगाउन सकिने प्रावधान छ ।

जर्मन फेडरल अफिस अफ जस्टिसले मंगलबार फेसबुकले सार्वजनिक गरेको सन् २०१८ ट्रान्सपरेन्सि रिपोर्ट अपर्याप्त भएको र त्यसबापत २३ लाख अमेरिकी डलर जरिवाना गराईएको उल्लेख गरेको छ ।

‘रिपोर्टमा केहि अंश मात्र गैरकानूनी कन्टेन्टको गुनासोको बारेमा उल्लेख छ,’ नियमनकारी निकायले भनेको छ ।

फेसबुकले भने यो कानूनमा धेरै कमजोरी विश्लेषकहरुले देखाएको भन्दै जरिवानाको बारेमा विश्लेषण गरेर अपिल गर्ने अधिकार रहेको बताएको छ ।

फेसबुकको सो रिपोर्टअनुसार गत वर्षको पहिलो अर्थवार्षिकमा १,७०४ वटा अनधिकृत कन्टेन्ट भेटिएको थियो भने गूगलको यूट्यूबमा १,४४,८३६ वटा कन्टेन्टहरु अनधिकृत रहेका थिए ।

माध्यम

easy care

प्रकाशित: १८ असार २०७६, बुधबार

ताजा समाचार