एनसीसी बैंक र आइएमई पेबीच सम्झौता

Technology Khabar ९ असार २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनसीसी बैंक आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

काठमाडौंमा हालै आयोजित एक कार्यक्रममा आइएमई पे का तर्फबाट महाप्रवन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ९ असार २०७६, सोमबार