दराजले मोबाइल वीकमा सस्तो मूल्यमा स्मार्टफोनहरु बेच्ने, एसेसरिजमा पनि भारी छुट

Technology Khabar ८ असार २०७६, आईतवार

दराजले मोबाइल वीकमा सस्तो मूल्यमा स्मार्टफोनहरु बेच्ने, एसेसरिजमा पनि भारी छुट

काठमाडौं ।

काठमाडौं । दराज मोबाइल वीक अभियान यही असार ९ देखि १५ सम्म आयोजना हुने भएको छ । सो अभियानभरी उपभोक्ताहरुले नयाँ फोनहरुको लन्चदेखी भौचारहरु, फ्ल्याश सेल्स, र अन्य डिस्काउन्ट्सको मज्जा लिन सक्नेछन् । साथै उपभोक्ताहरुले मोबाईल विकमा सपिङ गरे बापत आइफोन एक्सआर जित्ने मौका पनि पाउने दराज डटकमले जानकारी दिएको छ ।

उपभोक्ताहरुले शेक शेक गेम तथा क्रेजि, मेगा र कलेक्टिबल भाउचर्स प्रयोग गरी धेरै बचत गर्न सक्नेछन् । यो वर्षकै सबैभन्दा ठूलो इलेक्ट्रनिक्स् अभियान हुने कम्पनीको दाबी छ।

‘दराज मोबाइल विक दराज को लागि मोबाइल हरु सबैभन्दा राम्रो मूल्यमा लिएर आउने मौका हो । उपभोक्ताहरुको सपिङ्ग अनुभवलाई अझै रमाइलो बनाउन इलेक्ट्रोनिक्सहरुमा पनि भारि छुट को व्यवस्था गरेको छ,’ दराजका प्रबन्ध निर्देशक जय कवीले भने ।

मेगा डिलहरु, लन्च तथा अफरहरु

सामसंग एम४० रु.३६,१९० मा पाइने, रियलमी सी २ रु.१४ ,२९० मा पाइने । यसका साथै ह्वावे नोभा ४ रु.६४,९०० मा नभई रु.४९,९०० मा पाइने, ह्वावे नोभा ३ रु.५९,९९० मा नभई रु.४४,९९० मा पाइने, पानासोनिक पी९९ रु.१२,८०० मा नभई रु.८,९०० मा पाइने, रियलमी ३ ४/६४ रु२३,००० मा पाइने, लेनोभो के ६ नोट रु.१२,९९९ मा पाइने, रेडमी नोट सेभेन ३/३२ रु.२१,९९९ मा नभई रु.२०,९९९ मा पाइने कम्पनीको दाबी छ ।

उपभोक्ताहरु मोबाइल विकमा फोन हरुमा मात्र नभई अन्य एसेसरिजमा पनि ठुलो छूट पाउने बताईएको छ ।

साथै उपभोक्ताहरुले दराजको ६ बैंकिंग पार्टनरहरुको डेबिट/क्रेडिट कार्ड प्रयोग गरि अनलाईन पेमेन्ट गर्दा थप २५ प्रतिशतसम्मको छूट पाउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ८ असार २०७६, आईतवार