शक्तिशाली सूपरकम्प्यूटरको लीस्टमा अमेरिकाले चीनलाई उछिन्यो

Technology Khabar ६ असार २०७६, शुक्रबार

शक्तिशाली सूपरकम्प्यूटरको लीस्टमा अमेरिकाले चीनलाई उछिन्यो

काठमाडौं ।

काठमाडौं । सूपरकम्प्यूटर्सको प्रयोगको विषयमा अमेरिकाले चीनलाई उछिनेको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार विश्वको प्रमुख ५०० सूपरकम्प्यूटर्सको लीस्टअनुसार चीनको स्थान खस्किएको हो ।

प्रत्येक ६ महिनामा सार्वजनिक हुने सूपरकम्प्यूटर्सको लिस्टअनुसार पहिलो स्थानमा अमेरिका रहेको छ जससँग विश्वको पहिलो र दोस्रो सबैभन्दा शक्तिशाली कम्प्यूटरहरु रहेका छन् ।

अमेरिकासँग भएको समिट नामक सूपरकम्प्यूटरले २०० पेटाफ्लप–प्रति सेकेण्ड २०० क्वाड्रिलियन हिसाब गर्न सक्छ । यो कम्प्यूटर अमेरिकाको उर्जा विभागमा राखिएको छ भने यसलाई आईबिएमले बनाएको हो ।

त्यसैगरि विश्वको दोस्रो शक्तिशाली सूपरकम्प्यूटर पनि अमेरिकाले प्रयोग गरिरहेको छ । अमेरिकाको उर्जा विभागमा नै रहेको सिएरा नामक कम्प्यूटर पनि आईबिएमले बनाएको हो ।

तेस्रो शक्तिशाली सूपरकम्प्यूटर भने चीनमा रहेको छ । चीनको चाइनिज नेशनल सूपरकम्प्यूटीङ सेन्टरमा रहेको सनवे ताइहूलाइट नामक कम्पनी हो ।
सूपरकम्प्यूटरको टप५०० ले विश्वको तिब्रगतिको सूपरकम्प्यूटरहरुको प्रोसेसिंग पावरको आधारमा गणना गर्दछ । यस्ता कम्प्यूटरहरु जेट इन्जिनको डिजाइन गर्नेदेखि न्यूरल नेटवर्कस तालिमको लागि प्रयोग गरिन्छ ।

नयाँ लिस्टमा भने केबल ती सूपरकम्प्यूटरहरुको नाम राखिएको छ जसमा कम्तिमा वान पेटाफ्लप प्रोसेसिंग पावर छ ।
लीटमा भएका ५०० सूपरकम्प्यूटरको सबै पावरलाई जोड्ने हो भने १.५६ एक्जाफ्लप हुनेछ । अर्थात प्रति सेकेण्ड ती कम्प्यूटरहरुले वान एण्ड हाल क्विन्टिलियन क्यासकुलेसनको क्षमता छ ।

गएको ६ महिनामा सूपरकम्प्यूटरहरुको पावर पनि १० प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ ।

सबैभन्दा धेरै सूपरकम्प्यूटर चीनसँग रहेको छ जहाँ २१९ सूपरकम्प्यूटर छन भने अमेरिकासँग ११६ वटा सूपरकम्प्यूटर छ । त्यसैगरि बेलायतसँग १८ वटा, फ्रान्स र जापानसँग २९ वटा र जर्मनीसँग १४ वटा सूपरकम्प्यूटर रहेका छन् । त्यस्तै नेदरल्याण्ड, क्यानाडालगायतका देशसँग पुन सूपरकम्प्यूटर छन् । बीबीसीबाट

easy care

प्रकाशित: ६ असार २०७६, शुक्रबार