अमेरिकी प्रतिबन्धको असरः ह्वावेको स्मार्टफोन बिक्री ६० प्रतिशतसम्म घट्ने अनुमान

Technology Khabar २ असार २०७६, सोमबार

अमेरिकी प्रतिबन्धको असरः ह्वावेको स्मार्टफोन बिक्री ६० प्रतिशतसम्म घट्ने अनुमान

काठमाडौं ।

काठमाडौं । अमेरिकी प्रशासनले कालोसूचीमा राखेको एकमहिनापछि ह्वावेले आफ्नो स्मार्टफोनको बिक्री घट्ने अनुमान गरेको छ ।

चीनको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी आफैंले समग्र स्मार्टफोनको बिक्री ४० देखि ६० प्रतिशतसम्म घट्ने अनुमान गर्दै त्यसको तयारी गरिरहेको रिपोर्ट आएको छ ।

ह्वावेले यदि आफ्नो अर्को ब्राण्ड अनरको स्मार्टफोन अनर २० को बिक्री घटेमा त्यसको आपूर्ती पनि बन्द गर्ने बताईएको छ । रिपोर्टअनुुसार कम्पनीका मार्केटिंग म्यानेजरहरुले आन्तरिकरुपमा यो वर्ष ४ करोड देखि ६ करोडसम्म स्मार्टफोनको बिक्री घट्ने अनुमान गरिरहेका छन् ।

कम्पनीको अनर २० स्मार्टफोन यूरोपमा फ्ल्यागशिप फोनको रुपमा ह्वावेले उपलब्ध गराएको छ जसको बिक्री यहि जून २१ देखि बेलायत, फ्रान्सहित विभिन्न यूरोपेली मुलुकहरुमा शुरु हुँदैछ ।

ह्वावेले अन्तराष्ट्रिय बजारमा बिक्री घटेपनि आफ्नो होम कन्ट्रिमा भने आधा भन्दा धेरै बजार कब्जा गर्ने चाहना गरेको छ । स्मार्टफोनको बिक्री घटिरहेको बेलामा पनि चीनमा ह्वावेले मात्रै गत वर्ष बजार वृद्धि गर्न सफल भएको थियो ।

क्यानालिसको रिपोर्टअनुसार कम्पनीले त्यसबेला ३४ प्रतिशत बजार ओगटेको थियो । तर चीनमा पनि ओपो र भीभो ब्राण्डबाट प्रतिस्पर्धा भोगिरहेको छ, यी ब्राण्डहरुले नयाँ नयाँ फीचरसहित स्मार्टफोनहरु ल्याईरहँदा ह्वावे दबाबमा रहेको छ ।

अब ह्वावेले आफ्नो बजारलाई घट्नबाट रोक्न र बिक्री बढाउन मार्केटिंगमा खर्च गर्ने रिपोर्टमा उल्लेख छ । त्यसैगरि कम्पनीले आफ्नो बितरण च्यानहरुलाई पनि वृद्धि गर्ने भएको छ ।

ह्वावेलाई अमेरिकी प्रतिबन्ध लागेसँगै कम्पनीले प्रयोग गर्ने अमेरिकन कम्पोनेन्टहरु तथा सफ्टवेयरहरुमा पनि रोक लागेको छ । जसले गर्दा गूगल एन्ड्रोयड सिस्टमको अपडेटमा रोक लागेको छ ।

कम्पनीले अमेरिकी प्रतिबन्धको प्रभाव कम गर्नको लागि आफ्नो अपरेटिंग सिस्टम समेत बनाईरहेको छ भने चीपसेट पनि आफ्नै विकास गरिरहेको छ ।

ब्लूमबर्गबाट

easy care

प्रकाशित: २ असार २०७६, सोमबार

ताजा समाचार