ह्वावेका स्मार्टफोनहरुमा अबदेखि फेसबुकका एप्स प्री-इन्स्टल नहुने

Technology Khabar २४ जेष्ठ २०७६, शुक्रबार

ह्वावेका स्मार्टफोनहरुमा अबदेखि फेसबुकका एप्स प्री-इन्स्टल नहुने

काठमाडौं ।

काठमाडौं । सबैभन्दा ठूलो सामाजिक संजाल प्लेटफर्म फेसबुकले ह्वावेका स्मार्टफोनहरुमा आफ्नो एप प्रि-इन्स्टल गर्ने सुविधा हटाएको छ । फेसबुकले स्मार्टफोनमा पहिलेदेखि नै प्रयोगका लागि उपलब्ध हुनेगरि एप राखेको हुन्छ त्यो सुविधा अब ह्वावेका स्मार्टफोनहरुमा हटाएको हो ।

अमेरिकी प्रतिबन्धपछि समस्या झेलिरहेको चिनियाँ टेक कम्पनी ह्वावेका लागि यो नयाँ घाटा हुनेछ।

रोयटर्सकाअनुसार जो सँग यसअघि नै ह्वावेका स्मार्टफोनहरु छन ती ग्राहकहरुले भने फेसबुकको एप्स र अपडेटहरु प्राप्त गर्नेछन् । तर नयाँ ह्वावे स्मार्टफोन किन्नेहरुका लागि भने फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप्स प्री-इन्स्टल्ड हुनेछैन् । अर्थात ती डिभाइसहरुमा तपाईँले फेसबुकका कुनैपनि सेवा पाउनुहुनेछैन् ।

स्मार्टफोन निर्माताहरुले धेरैजसो लोकप्रिय एपहरु जस्तै फेसबुक प्री-इन्स्टल गरेर व्यवसाय गरिरहेका हुन्छन् । त्यसैले अधिकांश स्मार्टफोनहरुमा लोकप्रिय एप्स यसअघि नै राखिएको हुन्छ । ह्वावेका डिभाइसहरुमा ट्वीटर बुकिंग डटकमलगायतका एप्स प्री-इन्स्टल्ड गरेर बजारमा पठाईएका हुन्छन् ।

फेसबुकको यो निर्णयले ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडलाई स्मार्टफोन बिक्रीमा समस्या हुनसक्नेछ । कम्पनीले गत वर्ष मात्रै एप्पललाई उछिनेर विश्वको दोस्रो ठूलो स्मार्टफोन ब्राण्ड बन्न सफल भएको थियो ।

स्रोत

easy care

प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार