चार्जमा रहेको स्मार्टफोन बिस्फोट हुँदा भारतमा बालकको मृत्यु, यसरी गर्न सकिन्छ सुरक्षित चार्जिंग

Technology Khabar २३ जेष्ठ २०७६, बिहीबार

चार्जमा रहेको स्मार्टफोन बिस्फोट हुँदा भारतमा बालकको मृत्यु, यसरी गर्न सकिन्छ सुरक्षित चार्जिंग
प्रतिकात्मक फोटो

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन चार्जमा राखेको बेला पड्किने समस्या बेलाबेलामा आई नै रहन्छन् । स्मार्टफोन पड्किएर मृत्यु भएको समाचारहरु पनि आउने गर्दछ । अब फेरी एक पटक यस्तै घट्ना घटेको छ ।

हालै भएको एक घट्नामा भारतमा स्मार्टफोन चार्ज गरिरहेको बेला पड्किँदा एक बालकको मृत्यु भएको छ ।

रिपोर्टअनुसार भारतको मध्य प्रदेशको धार जिल्लामा स्मार्टफोन चार्जिंगको बेलामा बिस्फोट भएको छ। बिस्फोटको समय स्मार्टफोन चार्जमा जोडिएको थियो र यो घट्नामा एक १२ वर्षिय बालकको ज्यान गएको छ ।

हालै आएको एक रिपोर्टअनुसार धार जिल्लाको लिखेडी नामक गाउँमा बस्ते १२ वर्षको बालकको स्मार्टफोन चार्जिंगमा राखिएको बेला पड्किएको थियो । प्रहरीकाअनुसार मृतकको नाम लखन सिंगार थियो । ती बालकले चार्जमा राखेको स्मार्टफोन अचानक पड्किएको थियो सो घट्नामा बालकको मुख, एउटा आँखा र दुबै हातको हत्केला नराम्रोसँग जलेको थियो र क्षतबिक्षत भएको थियो ।

सो घट्नाबारेमा सो बालकका नातेदारकाअनुसार ठूलो धमाका भएको थियो र हेर्न जाँदा बालक जमिनमा लडेको थियो भने त्यहाँ चार्जको टुक्राहरु पनि छरिएका थिए । त्यसैगरि भित्तामा रहेको बिजुलीको बोर्ड पनि पड्किएर छुट्टिएको थियो ।

घाईते बालकलाई अस्पतालमा डाक्टरले मृत घोषित गरेका थिए ।

प्रहरी अनुसन्धान अगाडि बढाईएको बताईएको छ भने सो घट्नामा ब्याट्री निकै ठूलो किसिमले बिस्फोट भएको उल्लेख छ ।

माध्यम

यसरी सुरक्षित हुन सकिन्छ

स्मार्टफोन बिस्फोटको घट्ना हुने र आगो लाग्ने घट्नाहरु आजकाल सामान्य जस्तो हुन थालेको छ तर यस्तोमा चार्जिंगको बेला सावधानी अपनाउनुपर्ने हुन्छ । स्मार्टफोन चार्ज गर्दा स्मार्टफोनको साथमा आउने चार्जर मात्र प्रयोग गर्ने विज्ञहरुको सुझाव रहँदै आएको छ ।

त्यसैगरि स्मार्टफोनमा प्रयोग गरिने ब्याट्री पनि सस्तो नभई गुणस्तरीय र कम्पनीले उपलब्ध गराउने मात्र प्रयोग गर्दा सुरक्षित हुन सकिन्छ । अधिकांश स्मार्टफोन बिस्फोटको घट्नामा सस्तो र गुणस्तरहीन ब्याट्री र चार्जर कारक रहेको देखिएको छ ।

easy care

प्रकाशित: २३ जेष्ठ २०७६, बिहीबार

ताजा समाचार