ह्वावेले भन्यो- स्मार्टफोन उत्पादनमा कटौती गरिएको छैन्

Technology Khabar २२ जेष्ठ २०७६, बुधबार

ह्वावेले भन्यो- स्मार्टफोन उत्पादनमा कटौती गरिएको छैन्

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले आफ्नो स्मार्टफोन उत्पादन घटाउने भन्ने जानकारी गलत भएको बताएको छ । ह्वावेले आफ्नो स्मार्टफोन उत्पादनको संख्यामा कुनै फरक नपर्ने स्पष्ट पारेको हो ।

अमेरिकी प्रतिबन्धपछि ह्वावेले स्मार्टफोन प्रडक्सन घटाउने समाचार बाहिर आएको थियो । दि साउथ चाइना मर्निंग पोस्टले फक्सकनले ह्वावेको लागि प्रडक्सन लाइनहरु बन्द गरेको समाचार लेखेको थियो । फक्सकनले एप्पल साओमीलगायत धेरै स्मार्टफोन ब्राण्डको लागि काम गर्ने गर्दछ । फक्सकनले कम्पनीले अर्डर घटाएको भन्दै उत्पादन लाइन बन्द गरेको उल्लेख थियो ।

तर ह्वावेले भने हाल त्यस्तो दाबीलाई अस्विकार गरेको छ । कम्पनीले ग्लोबल प्रडक्सन लेभल सामान्य रहेको र त्यसमा कुनैपरि परिवर्तन नभएको बताएको छ ।

ह्वावेले अमेरिकी प्रतिबन्ध भन्दा अगाडि सन् २०१९ को पहिलो चौमासिकमा एप्पललाई उछिन्दै दोस्रो ठूलो स्मार्टफोन बिक्रेता ब्राण्ड बन्न सफल भएको थियो । कम्पनीले अझै सामसंगलाई उछिनेर पहिलो स्थान ओगट्ने लक्ष्य लिएको छ ।

पछिल्ला दिनहरुमा ह्वावे र त्यसका उत्पादनहरुबारे विभिन्न समाचारहरु आईरहेको छन् । अमेरिकी प्रतिबन्धपछि अमेरिकी टेक कम्पनीहरुले ह्वावेसँगको आफ्नो व्यवसायीक कारोबार रोक लगाउँदै आएका छन जसको असर ह्वावेको व्यवसायमा परेको छ । अधिकांश बजारहरुमा ह्वावेको स्मार्टफोन बिक्रीमा ह्वात्तै कमी आएको रिपोर्टहरु आएका छन् ।

नेपाली बजारमा पनि ह्वावेको बजार ५० प्रतिशतभन्दा बढिले घटेको समाचार सार्वजनिक भएको थियो ।

easy care

प्रकाशित: २२ जेष्ठ २०७६, बुधबार