अमेरिकी प्रतिबन्धको असरः माइक्रोनले ह्वावेलाई मेमोरी कार्ड लगायतका उत्पादन नबेच्ने

Technology Khabar १९ जेष्ठ २०७६, आईतवार

अमेरिकी प्रतिबन्धको असरः माइक्रोनले ह्वावेलाई मेमोरी कार्ड लगायतका उत्पादन नबेच्ने

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावे अमेरिकी प्रतिबन्धपछि निकै तनाबमा रहेको छ । अमेरिकी कम्पनीहरुले ह्वावेसँगको व्यवसायीक सम्बन्ध तोड्ने क्रम केहि सुस्त भएको भएपनि पछिल्लो दिनमा थप नयाँ कम्पनी माइक्रोनले व्यवसायीक सहकार्य रोक्ने घोषणा गरेको छ ।

अमेरिकामा आधारित रहेर कम्प्यूटर, सेमि कण्डक्टर र अन्य उत्पादनहरुको डिजाइन र प्रडक्सनमा संलग्न कम्पनी माइक्रोनले ह्वावेलाई आफ्ना उत्पादनहरु नबेच्ने निर्णय गरेको हो ।

सो अमेरिकी कम्पनीले हालै लागेको प्रतिबन्धको कानूनअनुसार आफ्ना सबै अर्डरहरु रोकेको जनाएको छ । कम्पनीले आफ्ना अन्य सहकार्य गरिरहेका कम्पनीहरुलाई पनि औपचारिक वा अनौपचारिकरुपमा चिनियाँ कम्पनीलाई उत्पादनहरु नबेच्न भनेको छ ।

माइक्रोनको यो निर्णय भने ह्वावेलाई खासै ठूलो असर पर्नेछैन् । ह्वावेले माइक्रोसँग मेमोरी चीप आयात गर्ने गरेको छ । किनकी ह्वावेसँग यसको विकल्प रहेको छ तर माइक्रोनलाई भने निकै ठूलो समस्या हुनेछ ।

माइक्रोनको एसएसडी, मेमोरी कार्डहरु, फ्ल्याश स्टोरेजहरु ह्वावेले उपयोग गर्ने गर्दछ र माइक्रोनको करिब १३ प्रतिशत आम्दानी ह्वावेबाट आउने गरेको छ ।

easy care

प्रकाशित: १९ जेष्ठ २०७६, आईतवार