फेसबुकले हटायो थप ३ अर्ब नक्कली एकाउन्ट, भ्रामक पोस्टमा पनि कैँची चल्यो

Technology Khabar १० जेष्ठ २०७६, शुक्रबार

फेसबुकले हटायो थप ३ अर्ब नक्कली एकाउन्ट, भ्रामक पोस्टमा पनि कैँची चल्यो

काठमाडौं ।

काठमाडौं । फेसबुकले पछिल्लो ६ महिनामा विश्वभर ३ अर्ब भन्दा बढि नक्कली एकाउन्टहरु हटाएको छ ।

फेसबुकले हालै सार्वजनिक गरेको इन्फोर्समेन्ट रिपोर्टकाअनुसार कम्पनीले सन् २०१८ अक्टोबरदेखि सन् २०१९ मार्चसम्म अहिलेसम्मकै सबैभन्दा बढि एकाउन्टहरु हटाएको हो ।

त्यसैगरि सोहि अवधिमा फेसबुकमा राखिएका ७० लाख भन्दा बढि हेट स्पीच अर्थात दूर्भावनायुक्त विचारहरुलाई हटाईएको थियो । यो पनि अहिलेसम्मकै रेकर्ड हो ।

फेसबुकले पहिलो पटक रिपोर्टमा कतिपटक डिलिट गरिएका पोष्टहरु अनुसन्धानमा रहे र कतिवटा पोस्टहरुलाई फेरी अनलाइनमा राखियो भन्ने जानकारी समेत दिएको छ ।

बिहिबार पत्रकारहरुसँग कुरा गर्दै मार्क जुकरबर्गले फेसबुकलाई टुक्र्याउने बारेमा अनिच्छुक रहेको बताए । ‘मलाई लाग्दैन की कम्पनीलाई टुक्रयाएर अहिलेको समस्यालाई समाधान गर्न सकिन्छ,’ उनले भने ।

उनले कम्पनीको सफलता भनेको आफ्नो ईफोर्टलाई अधिकतम तहसम्म लग्नु हो र कम्पनीले सुुरक्षा सिस्टमको लागि ठूलो रकम खर्च गर्ने जानकारी दिए । जुकरबर्गकाअनुसार फेसबुकले ट्विटरको यो वर्षको समग्र रकमभन्दा पनि धेरै सुरक्षामा खर्च गर्ने बताए ।

फेसबुकले डिलिट गरिएका फेक एकाउन्टको संख्या बढ्नुमा गलत मानिसहरु कारक रहेको बताएको छ । खराब मानिसहरुले अटोमेटेड प्रकृयाबाट त्यस्ता धेरै एकाउन्टहरु प्रयोग गरिरहेको देखिएको कम्पनीले बताएको छ ।

तर ती मध्ये अधिकांशलाई पत्ता लागेको केहि समयभित्रै डिलिट गरिएको र त्यसले कुनै नकारात्मक असर पार्नुभन्दा पहिले नै हटाईएको जानकारी दिएको छ ।

फेसबुकले आफ्नो प्लेटफर्ममार्फत नियन्त्रितरुपमा बिक्री गरिने वस्तुहरु कतिवटा हटाईयो र बन्द गरियो भन्ने जानकारी समेत रिपोर्टमा राखेको छ । कम्पनीकाअनुसार गएको मार्चभन्दा अगाडिको छ महिनामा ड्रग र बन्दुकसम्बन्धि १० लाख भन्दा बढि पोष्टहरु हटाईएको जानकारी दिएको छ ।

यसका साथै फेसबुकले बाल दूराचार, प्रोपोगाण्डा जस्ता गतिबिधि भएका पोष्टहरु पनि हटाएको रिपोर्टमा उल्लेख छ ।

समग्रमा फेसबुकमा मासिकरुपमा सक्रिय यूजर्समध्ये करिब ५ प्रतिशत यूजर्ससँग फेक एकाउन्ट रहेको रिपोर्टले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १० जेष्ठ २०७६, शुक्रबार

ताजा समाचार