ह्वावेले पेरिस ओपनल्याबमा ३५ मिलियन यूरो लगानी गर्ने

Technology Khabar ३ जेष्ठ २०७६, शुक्रबार

ह्वावेले पेरिस ओपनल्याबमा ३५ मिलियन यूरो लगानी गर्ने

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले फ्रान्सको पेरिस ओपनल्याबमा आगामी ५ वर्षमा ३५ मिलियन यूरो लगानी गर्ने भएको छ ।

पेरिसमा भईरहेको भीभाटेक कन्फ्रेन्समा बोल्दै कम्पनीका डेपुटी चेयरम्यान केन हुले यो लगानीले फ्रान्स विश्वमा आविश्कार केन्द्रको रुपमा विकास हुँदै गरेको संकेत भएको बताए ।

भीभाटेक मे १६ देखि मे १८ तारिखसम्म पेरिसमा संचालन भएको वार्षिक टेक कन्फ्रेन्स हो । यो वर्ष सो कन्फ्रेन्समा विश्वभरबाट व्यवसायी, राजनीतिज्ञ र वैज्ञानिकहरुगरि १२५ मुलुकहरुबाट १ लाख भन्दा बढि प्रतिनिधि सहभागी छन् ।

सोहि कार्यक्रममा बोल्दै ह्वावेका अधिकारी हुले आविश्कारलाई अगाडि बढाउने एक मात्र माध्यम भनेको डिजिटल प्रविधिमा आएको क्रान्तिकारी परिवर्तनलाई खुलापन दिनु र सहकार्य गर्नुपर्ने बताए । उनले लगानीमार्फत ग्राहकहरु, सहकर्मीहरुसँगको सहकार्यमा फ्रान्समा ससक्त डिजिटल इकोसिस्टम तयार पार्नु रहेको बताएका छन् ।

ह्वावेले पेरिस ओपनल्याब गत अप्रिलमा खोलेको हो, जहाँ विभिन्न उद्योगहरुबाट आउने विज्ञहरुले उनीहरुलाई भविश्यमा डिजिटल रुपान्तरणको लागि र औद्योगिक विशेष सलुसन विकास गर्न आवश्यक पर्ने प्लेटफर्म प्रदान गर्दछ । एक वर्षभित्र ५० पार्टनरहरुले विभिन्न १५ इन्डष्ट्रि सलुसनमा काम गरिरहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार