होटल एप ओयोमार्फत गर्मीका लागि बुकिङ खुल्यो, ओयो लाइट एप पनि सार्वजनिक

Technology Khabar ३ जेष्ठ २०७६, शुक्रबार

होटल एप ओयोमार्फत गर्मीका लागि बुकिङ खुल्यो, ओयो लाइट एप पनि सार्वजनिक

काठमाडौं ।

काठमाडौं । ओयो होटल्स् एण्ड होम्सले पहिलो त्रैमासिकको ट्राभल बुकिङ सूची सार्वजनिक गरेको छ, जसले नेपालीहरुले आउँदो गर्मीमा भ्रमण योजनाहरु कसरी बनाएका छन् भन्ने कुरालाई प्रष्ट दर्शाएको छ ।

उक्त सूचीअनुसार अघिल्लो वर्षको बुकिङको समान अवधिको तुलनामा यस वर्ष कुल बुकिङमा २२१ प्रतिशतले वृद्धि भएको छ, जसमा नेपालीहरुले पनि गर्मी बिदा मनाउने योजना अगाडि नै बनाउन शुरु गरेकोप्रष्ट देखाउँछ । प्रत्येक ७२.४८ सेकेण्डमा एउटा ओयो बुक हुने गरेको देखिन्छ,जसमध्ये सबैभन्दा बढि बुकिङ भएका गन्तव्य काठमाडौं, पोखरा र विराटनगर हुन् ।

रोचक कुरा त के छ भने, काठमाडौं ती गन्तव्य मध्ये शिर्ष स्थानमा रहेको छ, जसमध्ये अधिकतम बुकिङ जोडीहरुले (५७.२७ प्रतिशत) गरेका छन् । परिवार र एकल यात्रुहरुले समान संख्यामा(२१.३६ प्रतिशत)बुकिङ गरेका छन् । नेपालमा इन्टरनेटको प्रयोग बढ्दो छ, र नेपाली यात्रुहरुले छुट्टीको योजना बनाउन आधुनिक प्रविधिको प्रयोग गर्नमा देखाएको उत्साहलाई एपमार्फत भएका बुकिङले प्रष्ट झल्काउँछ, जुन ४०.७९ गुणाले डेक्सटप बुकिङ भन्दा माथि रहेको छ । अनुमानको आधारमा यो पनि देखिन्छ कि बजेट श्रेणीका होटलहरु अन्य भन्दा उच्च संख्यामा बुकिङ भइरहेका छन् ।

ओयो होटल्स् एण्ड होम्स्, भारत र दक्षिण एशियाका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भने, ‘परिवार र साथीहरुसँग गर्मी बिदा मनाउँदै हुर्किनु हामी सबैको जीवनको महत्वपूर्ण पाटो हो । अधिकांशले यो समयलाई आफ्ना प्रियजनसँग बिताएर सदुपयोग गर्न रुचाउँछन् । ओयोमा हामीले सुलभ, गुणस्तरीय भ्रमण तथा आवासको विकल्पको आवश्यक्तालाई बुझेका छौँ र यहाँको बसाई आनन्ददायक र झन्झट मुक्त बनाउन निरन्तर प्रयासरत छौँ ।’

भारत, मलेशिया तथा इन्डोनेशियाका अत्याधिक बुकिङ भएका शहरहरु क्रमश गोवा, क्वाला–लम्पुर तथा जकार्ता हुन् । भारतमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकिङमा ११९ प्रतिशतले वृद्धि भएको छ ।

यसैबिच प्रविधिमा आधारित ओयो होटल्स एण्ड होम्सले बिहिबारदेखि ओयो लाइट एप लन्च गरेको छ । यो एप यूजर्सका लागि एन्ड्रोयड प्लेटफर्ममा विश्वभर उपलब्ध हुनेछ । लाइट एपले प्रयोगकर्ताको डाटा कम खपत हुने बताईएकोछ ।

नयाँ एपलाई कनेक्टिभिटी स्थानहरुमा काम गर्ने किसिमको बनाईएको छ जहाँ यूजरले सजिलै एप प्रयोग गर्न सकुन् । ओयो लाइट एपको साइज केबल ८०० केबी रहेको छ भने यसले स्मार्टफोनमा पनि कम स्थान लिनेछ ।

लाइट एप ढिलो गतिको इन्टरनेट भएको र कम डाटा खपत गर्न चाहने प्रयोगकर्ताहरुको लागि उपयुक्त हुनेछ भने इन्ट्रिलेभलका सस्तो स्मार्टफोन प्रयोगकर्ताहरुका लागि उपयुक्त हुनेछ ।

ओयोले लाइट एप ल्याएको हालै कम्पनीको चिफ टेक्नोलोजी अफिसर अनिल गोयलले जानकारी दिए।

नयाँ ओयो लाइटले हालको भन्दा ७ प्रतिशत कम स्टोरेज लिनेछ र यो हाल केवल एन्ड्रोयडमा मात्र उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

easy care

प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार