नयाँ आइफोनमा ट्रिपल क्यामरा हुने निश्चित, यस्तो डिजाइनमा आउनेछ

Technology Khabar १४ बैशाख २०७६, शनिबार

नयाँ आइफोनमा ट्रिपल क्यामरा हुने निश्चित, यस्तो डिजाइनमा आउनेछ

काठमाडौं ।

काठमाडौं । एप्पलले नयाँ आइफोन ११ ल्याउन लागेकोछ भने त्यसको डिजाइन र फीचरहरुको बारेमा विभिन्न चर्चा हुन थालिसकेको छ । कम्पनीले ल्याउने आइफोन ११ मा नयाँ ब्याक ग्लास डिजाइन हुने बताईएको छ ।

हालै आइफोन ११सहित सन् २०१९ मा लन्च हुने आइफोनहरुको थ्रीडी प्रिन्टेड मोडलको तस्विरहरु लीक भएको छ । जसमा आइफोन ११ र आइफोन ११ म्याक्सको तस्वीर तथा तुलना देखिन्छ ।

एप्पलको नयाँ आइफोन ११ म्याक्समा ६.५ इन्चको स्क्रीन हुने अनुमान छ त्यसैगरि आइफोन ११ मा ५.८ इन्चको स्क्रीनका साथै नयाँ ट्रिपल क्यामरा सेटिंग राखिने छ ।

यसका साथै आइफोन ११ म्याक्समा म्यूट स्विचमा पनि परिवर्तन भएको देखिएको छ । अहिलेको भन्दा नयाँ वृताकार डिजाइनमा देखिनेछ, जून तल माथि तथा दायाँ बायाँ सबैतिर प्रयोग गर्न सकिन्छ ।

आइफोन ११ म्याक्सको रेण्डर सिल्भर र ह्वाइट कलरमा ट्रिपल क्यामरा सिस्टमसहित देखिएको छ भने आइफोन ११ म्याक्स आइफोन ११ भन्दा केहि मोटो हुनेछ । आइफोन ११ नौ मिलिमिटर मोटाइको हुनेछ भने आइफोन ११ म्याक्स ९.३ मिलिमिटरको हुनेछ ।

नयाँ आइफोनहरुमा यसअघिको आइफोन एक्सएस र एक्सएस म्याक्सको जस्तै बेजेल हुने अनुमान छ ।

हेर्नुस नयाँ आइफोन ११ म्याक्सको ३६० डिग्री भिडियो-

माध्यम

easy care

प्रकाशित: १४ बैशाख २०७६, शनिबार