यूट्यूबको ‘पीक्चर इन पीक्चर मोड’ सबैका लागि उपलब्ध, यसरी गर्नुस सेटिंग

Technology Khabar २४ चैत्र २०७५, आईतवार

यूट्यूबको ‘पीक्चर इन पीक्चर मोड’ सबैका लागि उपलब्ध, यसरी गर्नुस सेटिंग

काठमाडौं ।

काठमाडौं । भिडियो शेयरिंग प्लेटफर्म यूट्यूबले आफ्नो पीक्चर इन पीक्चर (PiP)मोड सबै एन्ड्रोयड स्मार्टफोन यूजर्सहरुका लागि उपलब्ध गराएको छ ।

यसअघि प्रिमियम यूजर्सका लागि मात्र सिमितरुपमा लन्च गरिएको पिक्चर इन पिक्चर मोड अब यूट्यूबका विश्वभर एन्ड्रोयड स्मार्टफोन यूजर्सका लागि आएको हो । यसअघि यूट्यूबले गएको जून महिनामा अमेरिकाभित्र प्रिमियम सब्सक्रिप्सन नभएका यूजर्सका लागि पनि उपलब्ध गराएको थियो ।

अब भने यूट्यूबको पीआईपी मोडल विश्वभरका सेवाग्राहीहरुका लागि आएको हो ।

यो पीआईपी मोड क्रमश विभिन्न देशहरुमा लन्च हुने बताईएको छ । हाल यो यूरोपेली देशहरुमा उपलब्ध भईसकेको छ ।

कसरी गर्ने सेटिंग
यूट्यूबमा पीक्चर इन पीक्चर मोड प्रयोग गर्नको लागि सेटिंगमा गएर त्यसको जनरल मेनूमा ट्याप गर्नुपर्छ । त्यसपछि जनरलभित्र भएको पीक्चर इन पीक्चर मोडलाई इनेबल गर्न सकिनेछ ।

पीक्चर इन पीक्चर मोडल एक्टिभ भएपछि तपाईँले आफ्नो स्मार्टफोनमा ब्याकग्राउण्डमा पनि भिडियो हेर्न सक्नुहुनेछ भने भिडियो हेर्दाहेर्दै अन्य एप्स प्रयोग गर्न सकिनेछ । तपाईँले पीआईपी मोडमा यूट्यूब भिडियो हेर्नको लागि होम बटनमा प्रेस गरेर वा भिडियो शुरु भईसकेपछि होम जेश्चर संचालन गरेर हेर्न सकिन्छ ।

यूट्यूबको यो फीचर प्रयोग गर्नको लागि भने तपाईँको स्मार्टफोन एन्ड्रोयड ८.० ओरियो वा त्यो भन्दा नयाँ अपरेटिंग सिस्टम उपलब्ध हुनुपर्नेछ ।

easy care

प्रकाशित: २४ चैत्र २०७५, आईतवार

ताजा समाचार