चिनियाँ टेलिकम ह्वावेलाई नर्वेमा पनि फाइभ जी पूर्वाधार बनाउन प्रतिबन्ध लाग्न सक्ने

Technology Khabar २९ पुष २०७५, आईतवार

चिनियाँ टेलिकम ह्वावेलाई नर्वेमा पनि फाइभ जी पूर्वाधार बनाउन प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनी ह्वावेको (Huawei) समस्या निरन्तर बढिरहेको छ । कम्पनीका उपकरण तथा सेवाहरुमा एक पछि अर्को प्रतिबन्ध लागिरहेको रिपोर्टहरु आईरहेका छन् । यसैबिच नर्वेले पनि ह्वावेका उपकरणहरु प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

पछिल्लो समयमा फाइभ जी मोबाइल फोन नेटवर्क बिस्तारको काम विभिन्न मुलुकहरुमा तिब्र गतिमा भईरहेको छ। जसलाई विश्वभर महत्वका साथ लिँदै आईएको छ।

टेलिकम कम्पनीहरुले आगामी केहि महिनाहरुमा फोरजी सेवालाई अपग्रेड गरेर फाइभजी (5G) सेवामा जाने तयारी गरिरहँदा विभिन्न मुलुकहरुमा टेण्डर तथा अक्सनको काम पनि भईरहेको छ । यस्तो उपकरण आपूर्तिको कार्यमा एरिक्सन, नोकियासहित ह्वावेले पनि प्रतिस्पर्धा गरिरहेको छ ।

तर नर्वेमा चिनियाँ कम्पनी ह्वावे ५जी कन्ट्र्याक्ट गुमाउन सक्ने संभावना देखिएको रिपोर्टमा उल्लेख छ । रिपोर्टकाअनुसार नर्वेका जस्टिस मिनिस्टरको भनाईअनुसार नर्वेमा ५जी पूर्वाधार लगाउने कार्यबाट ह्वावेलाई हटाउन सकिने बारेमा अप्सनहरुमा हेरिएको बताईएको छ । नर्वेका जस्टिस मिनिस्टर मिक्केल वाराले रोयटर्ससँग भनेअनुसार नर्वे सरकारले गंभिरतापूर्वक ह्वावेलाई ५जी पूर्वाधार निर्माणको सक्रिय सहभागीताबाट हटाउने बारेमा अप्सनहरु हेरिरहेका छन् ।

सरकारी अधिकारीकाअनुसार सो बारेमा अमेरिका र बेलायतले चालेका कदमहरुअनुसार जानसक्ने रिपोर्टमा उल्लेख छ ।

माध्यम

easy care

प्रकाशित: २९ पुष २०७५, आईतवार