सिटिजन्स बैंकको अनलाइन सेवा, घरै बसी बसी खाता खोल्न मिल्ने

Technology Khabar १६ पुष २०७५, सोमबार

सिटिजन्स बैंकको अनलाइन सेवा, घरै बसी बसी खाता खोल्न मिल्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ ।

बैंकले सरल,सहज र सुरक्षित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।

देश भित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । यसबाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको वेबसाइटबाट खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।

यस अगाडि पनि सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै बैंकले अनलाइन आस्वा, डिम्याट, केवाईसी, मेरो शेयर, स्मार्ट बैंकिङ्ग(Online ASBA, Demat, KYC, Mero Share, Smart Banking) जस्ता ग्राहकमुखी सुविधाहरू प्रदान गर्दै आएको जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १६ पुष २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार