मिडियाटेकको हेलियो पी७० प्रोसेसर भएको विश्वको पहिलो स्मार्टफोन रियलमी यू वान सार्वजनिक

Technology Khabar १२ मंसिर २०७५, बुधबार

मिडियाटेकको हेलियो पी७० प्रोसेसर भएको विश्वको पहिलो स्मार्टफोन रियलमी यू वान सार्वजनिक

काठमाडौं ।

काठमाडौं । रियलमीले भारतीय बजारमा नयाँ स्मार्टफोन रियलमी यू वान (Realme U1) लन्च गरेको छ । यो स्मार्टफोन मिडियाटेकको नयाँ हेलियो पी ७० प्रोसेसरका साथमा आउने विश्वको पहिलो स्मार्टफोन हो । विशेषगरि भारतीय बजारमा फोकस गरिरहेको कम्पनीले रियलमी यू वानको दुईवटा भेरिएन्ट ल्याएको छ ।

कम्पनीले ३ जीबी र्याम र ४ जीबी र्याम अप्सनमा फोन ल्याएको छ जसको मूल्य भारतीय बजारमा ११ हजार ९९९ भारु त्था १४ हजार ९९९ भारु तेकिएको छ ।

यो स्मार्टफोन अमेजन डटकममा मात्र किन्न पाईनेछ, जून रेड, ब्ल्याक, गोल्ड कलर अप्सनमा उपलब्ध हुनेछ । यो फोनको पहिलो बिक्री अमेजन इण्डियाको साइटमा ५ डिसेम्बरदेखि शुरु हुनेछ ।

रियलमीको यू वान स्मार्टफोनमा २.१ गीगाहर्जको अक्टा कोर मिडियाटेक हेलियो पी ७० प्रोसेसर राखिएको छ । यसमा ६.३ इन्चको फूलएचडी प्लस डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन २३४०ह१०८० पिक्सेल रहेको छ ।

फोनमा फोटोग्राफीका लागि ड्यूल रियर क्यामरा छ जसमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको लेन्स राखिएको छ । त्यस्तै फ्रन्टमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामरा रहेको छ ।

स्मार्टफोन ३२ जीबी र ६४ जीबी स्टोरेज अप्सनमा आउँछ भने यसलाई माइक्रोएसडी कार्डबाट बढाउन सकिन्छ ।

ब्याकप्यानलमा फिंगरप्रिन्ट सेन्सर भएको स्मार्टफोनमा ३५०० एमएएचको ब्याट्री प्याक छ । फोनमा ब्लूटूथ, वाईफाई, सिम कार्ड, फोरजी भीओएलटिई, ड्यूल सिम कार्ड सपोर्ट रहेको छ ।

easy care

प्रकाशित: १२ मंसिर २०७५, बुधबार