अब मानिसले होईन मशीनले पढ्छ समाचार, शिन्हुवाले बनायो आर्टिफिशियल इन्टेलिजेन्स न्यूज एंकर

Technology Khabar २४ कार्तिक २०७५, शनिबार

अब मानिसले होईन मशीनले पढ्छ समाचार, शिन्हुवाले बनायो आर्टिफिशियल इन्टेलिजेन्स न्यूज एंकर

काठमाडौं ।

काठमाडौँ । चीनले पहिलो आर्टिफिशियल इन्टेलिजेन्स(एआई) मा आधारित समाचार वाचक तयार पारेकोछ । चीनको सरकारी न्यूज एजेन्सी शिन्हुवाले यसको लागि चीनको सर्च इन्जिन कम्पनी सोगूसँग पार्टनरशिप गरेको छ ।

यो एआई समाचार वाचकले समाचारहरु पढ्न सक्दछ र यसको आवाज मानिसको जस्तै रहेको छ । यो न्यूज एंकर संभवत विश्वको पहिलो एआईमा आधारित न्यूज एंकर हो ।

रिपोर्टहरुकाअनुसार यो न्यूज एंकलले डेली टिभी न्यूज रिपोर्टको पैसा बचाउने छ । किनकी यसले लगातार २४ घण्टासम्म समाचार पढ्ने लगायतका काम गर्न सक्दछ । अझ यसको विशेषता भनेको यो भर्चूअल न्यूज एंकरले ब्रेकिंग समाचार पनि पढ्न सक्छ ।

आर्टिफिशियल इन्टेलिजेन्स(एआई)लाई प्रयोग गरेर तस्विर र मानिसको आवाजको संयोजनबाट साँच्चिकैको न्यूज एंकरको जस्तो एक्सप्रेशन पनि राखिएको छ । हेर्दाखेरी शिन्हुवाले न्यूज एंकरको तस्विरलाई आधारको लेयरमा राखेको छ र यसको मुख र अनुहारलाई एनिमेटेड गरेर भर्चुअल न्यूज एंकर तयार पारेको छ । यो भर्चुअल न्यूज एंकरको लिप मूभमेन्ट अर्थात बोल्नका लागि मशीन लर्निंग प्रोग्रामको प्रयोग गरिएको छ ।

भर्चुअल न्यूज एंकरले अंग्रेजी र मण्डारिन भाषामा समाचार पढ्न सक्दछ । शिन्हुवा न्यूज एजेन्सी टिभी, इन्टरनेट र मोबाइल प्लेटफर्ममा पनि रहेको र दुई भाषाहरु समाचार दिने गर्दछ । यो भर्चुअल न्यूज एंकरले वेब पेजको लागि काम गर्ने बताईएको छ ।

न्यूज एजेन्सीकाअनुसार भर्चुअल न्यूज एंकर विशेषगरि ब्रेकिंग समाचार समयमा दिनका लागि प्रयोग हुनसक्नेछ ।

शिन्हुवा र साउथ चाइना मोर्निंग पोष्टकाअनुसार दुई एंकरहरु एउटा अंग्रेजी भाषा र अर्को चिनियाँ भाषाका लागि बनाईएको छ ।

‘आफ्नो आधिकारिक वेबसाइट र विभिन्न सामाजिक मिडिया प्लेटफर्महरुमा प्रत्येक एंकरले दैनिक २४ घण्टासम्म कामगर्न सक्ने, उत्पादन लागत कमगर्न सक्ने र कार्य दक्षतालाई बढाउन सक्नेछ,’ शिन्हुवाले भनेको छ ।

easy care

प्रकाशित: २४ कार्तिक २०७५, शनिबार

ताजा समाचार