इन्टरनेट बैंकिंग प्रयोग गर्नुहुन्छ भने यी विषयहरुमा ध्यान दिनुस्, नत्र चोरी होला तपाईँको गोप्य डेटा

Technology Khabar २१ कार्तिक २०७५, बुधबार

इन्टरनेट बैंकिंग प्रयोग गर्नुहुन्छ भने यी विषयहरुमा ध्यान दिनुस्, नत्र चोरी होला तपाईँको गोप्य डेटा
प्रतिकात्मक

काठमाडौं ।

काठमाडौँ । पछिल्ला दिनहरुमा बैंक तथा वित्तिय संस्थाहरुले इन्टरनेट तथा मोबाइल बैंकिंग सेवा दिँदै आएका छन् । अधिकांश मानिसहरु बैंक तथा वित्तिय संस्थामा लाग्ने लामो लाइनबाट मुक्ति पाउन इन्टरनेट तथा मोबाइल बैंकिंग सेवा प्रयोग गर्ने गर्दछन् । नेपालमा पनि इन्टरनेट तथा मोबाइल बैंकिंग सेवा प्रयोग गर्नेको संख्या बढिरहेको छ ।

इन्टरनेट वा नेट बैंकिंगको प्रयोग गर्दा अधिकांश मानिसहरुले हेलचेक्राईँ गर्ने गर्दछन् । जसले गर्दा प्रयोगकर्ताहरुको आफ्नो गोप्य जानकारी अरुले चोर्ने वा हात पार्ने संभावना रहन्छ । यदि तपाईँ पनि नेट बैंकिंग प्रयोग गर्नुहुन्छ भने सबैभन्दा पहिले आफ्नो अनलाइनको पासवर्ड नियमितरुपमा परिवर्तन गरिरहनुहोस् । त्यसैगरि आफ्नो पासवर्ड अरुलाई नदिनुहोस र पासवर्डलाई अनलाइन सेभ गर्नुको साटो अफलाइनमा सुरक्षित गर्नुहोस् ।

हामी तपाईँलाई पछिल्लो दिनमा बढिरहेको इन्टरनेट बैंकिंगमा सुरक्षित कारोबार गर्ने केहि टिप्सहरु यस्ता छन-

१ नेट बैंकिंग प्रयोग गर्दा सार्वजनिक कम्प्यूटर जस्तै- इन्टरनेट क्याफे/ साइबर क्याफेमा प्रयोग नगर्नुस् । यदि गर्नै पर्ने भएमा कम्प्यूटरबाट क्याचे र ब्राउजिंग हिस्ट्री वा टेम्पोररी फाइललाई डिलीट गर्न नभुल्नुस् । इसका साथै लगइनको समयमा कुनैपनि ब्राउजरमा रिमेम्बर आईडी पासवर्डमा क्लिक नगर्नुस् । कुनैपनि साइटमा पासवर्ड केबल अनस्क्रीन कीबोर्डबाट मात्रै राख्नुहोस् यसले गर्दा पासवर्ड चोरी हुने संभावना कम हुन्छ ।

२ बैंकले कहिले तपाईँको एटीएम पिन, जन्ममिति जस्ता गोप्य र निजी जानकारीको बारेमा फोन वा अन्य ईमेलको माध्यमबाट कहिले पनि जानकारी माग गर्दैन् । यस बारेमा बैंकहरुले एसएमएसमार्फत निरन्तर अलर्ट पठाईरहेका हुन्छन् । त्यसकारण यदि तपाईँलाई बैंकको माध्यमबाट यस्तो कुनै फोन वा ईमेल प्राप्त भएमा कहिलेपनि आफ्नो व्यक्तिगत जानकारी नदिनुहोस् ।

३ आफ्नो लगइन आइडी र पासवर्डको प्रयोग बैंकको आधिकारिक लगइन पेजमा मात्र गर्नुहोस् । यो एउटा सुरक्षित वेबसाइट हुनुपर्दछ । नेट बैंकिंगसँग जोडिएका वेबसाइटहरुको यूआरएलको शुरुवातमा सँगै एचटिटिपीएस (https://) लेखिएको हुन्छ । जसले सो वेबसाइट सुरक्षित भएको संकेत विश्वभर दिने गर्दछ ।

४ जून कम्प्यूटरबाट इन्टरनेट बैंकिंग गर्नुहुन्छ । त्यसमा सँधै लाइसेन्स भएको एन्टी भाइरस सफ्टवेयरको प्रयोग गर्नुहोस् । यस्तो नहुँदा भाइरसले तपाईँको कम्प्यूटरको सिस्टममा भएको महत्वपूर्ण जानकारीहरु वा वेबडाटा चोर्न सक्दछ ।

५ इन्टरनेट बैंकिंगको सुरक्षित प्रयोगका लागि ब्राउजर एड्रेसमा गएर बैंकको यूआरएल टाइन गर्ने बानी बसाल्नुस् । कहिलेपनि इमेलमा पठाएको लिंकमा क्लिक गरेर नेट बैंकिंग कारोबार नगर्नुस् । यदि तपाईँले कुनै नक्कली वेबसाइटमा गएर लगइन गरेर जानकारी दिनुभयो भने फ्रण्ड गर्ने वा ह्याकरले तपाईँको बैंक एकाउन्टबाट रकम चोर्ने संभावना हुन्छ ।

६ धेरै जसो मानिसहरुले किनमेल गर्दा पटक पटक कार्ड नम्बर हाल्ने समस्याबाट बच्नको लागि आफ्नो डेबिट वा क्रेडिट कार्ड नम्बर, एक्सपायरी डेटा र सिभीभी CVV डेटा जस्ता जानकारीहरु ईकमर्श वेबसाइटमा सेभ गर्ने गर्दछन् । तर यस्तो गर्नु गलत हो । यदि सो वेबसाइट ह्याक भयो वा सो बाट तपाईँको डेटा चोरी भयो भने समस्या हुन्छ । जसले गर्दा तपाईँको डेटाबाट अनधिकृत किनमेल गर्न वा रकम चोर्न सक्दछन् ।

७ नियमितरुपमा नेट बैंकिंग र अनलाइन किनमेल गर्ने गर्नुभएको छ भने तपाईँले पासवर्ड परिवर्तन गरिरहनुका साथै कुनै संकास्पद गतिबिधि भएको अनुमान भएमा तत्काल बैंकसँग सम्पर्क गरेर आफ्नो जानकारीहरु वा क्रेडिट/डेबिट कार्डहरुको भुक्तानी रोक्न सक्नुहुन्छ ।

easy care

प्रकाशित: २१ कार्तिक २०७५, बुधबार

ताजा समाचार