किन डाउन भयो भिडियो स्ट्रीमिंग साइट यूट्यूब ? यस्तो छ कारण

Technology Khabar १ कार्तिक २०७५, बिहीबार

किन डाउन भयो भिडियो स्ट्रीमिंग साइट यूट्यूब ? यस्तो छ कारण

काठमाडौं ।

काठमाडौँ । गूगलको भिडियो स्ट्रीमिंग एप यूट्यूब बुधवार नेपालसहित विश्वभर डाउन भएको थियो । हाल यो समस्या समाधारन भएपनि बुधवार बिहान विश्वभरका प्रयोगकर्ताहरुले यूट्यूव हेर्न पाएनन् ।

अहिले सो समस्या समाधान भईसकेको छ भने तपाईँ मज्जाले भिडियो हेर्न सक्नुहुनेछ ।

कम्पनीले यो समस्याको बारेमा ट्विट गर्दै यूट्यूव प्लेटर्फममा आएको समस्याहरुलाई समाधान गरिएको उल्लेख गरेको छ ।

कम्पनीले यदि कसैले अझैपनि यूट्यूवको प्लेटफर्ममा कुनै समस्या भोगिरहेको छ भने तत्काल जानकारी दिनका लागि समेत आग्रह गरेको छ ।

यसअघि बुधवार विहान करिब ८ बजेतिर यूजर्सले यूट्यूब मोबाइल डेस्कटप वा अन्य डिभाइसमा हेर्नका लागि समस्या भोगिरहेका थिए । यो समस्या विश्वभर एकै पटक आएको थियो । यूट्यूबको मूख्य पेज मात्र नभई कुनै एम्बेन्ड गरिएको भिडियो पनि हेर्न समस्या भएको थियो ।

यूट्यूव चलाउँदा ईरर देखिएको थियो । यो समस्या करिब ४५ मिनेट जति भएकोथियो ।

यूट्यूव यस्तो तरिकाले अहिलेसम्म कहिलै पनि डाउन भएको थिएन तर बुधवार यूट्यूब टिभी र म्यूजिक दुबै बन्द हुन पुग्यो । विश्वभरबाट यसमा ५०३ इरर देखाएको थियो भने कतै थम्बलनेल मात्र देखिएको थियो ।

हालसम्म पनि यूट्यूब किन डाउन भयो भनेर जवाफ आएको छैन तर कम्पनीले यसलाई प्राविधिक कारण मात्र भनेको छ । आगामी दिनमा यूट्यूबले अचानक विश्वभर सर्भिस डाउन हुनको कारण दिने अपेक्षा गरिएको छ ।

easy care

प्रकाशित: १ कार्तिक २०७५, बिहीबार