शाओमीले एमआई एलईडी टिभी भारतमा उत्पादन गर्ने, मासिक १ लाख टिभी उत्पादन क्षमता

Technology Khabar २० आश्विन २०७५, शनिबार

शाओमीले एमआई एलईडी टिभी भारतमा उत्पादन गर्ने, मासिक १ लाख टिभी उत्पादन क्षमता

काठमाडौं ।

काठमाडौँ । टेक कम्पनी शाओमीले भारतमा नै आफ्ना इलेक्ट्रोनिक्स डिभाइसको उत्पादन शुरु गरेको छ । कम्पनीले भारतमा स्मार्टफोन बनाउँदै आएकोमा अब कम्पनीले एमआई एलईडि टिभी पनि भारतमा नै उत्पादन गर्नेछ ।

शाओमीको उत्पादक प्लान्ट भारतको तिरुपती आन्ध्र प्रदेशमा अवस्थित छ, जून डिक्सन टेक्नोलोजीका साथ साझेदारीमा निर्माण गरिएको हो ।

नयाँ प्लान्टमा कम्पनीले हरेक महिना १ लाख एमआई एलईडी टिभी बनाउन सक्ने बताईएको छ । हाल भारतमा एमआई एलईडी स्मार्ट टिभी फोर ए को ३२ इन्च र ४३ इन्च मोडल एसेम्बल गरिनेछ ।

शाओमी एण्डियाका म्यानेजिंग डाइरेक्टर तथा भाइस प्रेसिडेन्ट मनु जैनले भने, ‘स्मार्टफोन उत्पादनको सफलतापछि हामीले एमआई एलईडी टिभी भारतमा निर्माण शुरु गरिरहेका छौं । यो लोकल उत्पादनपछि हामी यी टिभीहरुको सप्लाई र उपलब्धतालाई बढाउन सक्नेछौं ।’

एजेन्सी

easy care

प्रकाशित: २० आश्विन २०७५, शनिबार