आइएमईको ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक

Technology Khabar ८ आश्विन २०७५, सोमबार

आइएमईको ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक

काठमाडौं ।

काठमाडौं । रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ ।

यो योजना असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्तसम्म लागु हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्ने कम्पनीले जानकारी दिएको छ ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत रू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू. १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू. २० (बिस) लाख नगद प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

आइएमईको १ सय ८१ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।

easy care

प्रकाशित: ८ आश्विन २०७५, सोमबार