एआईआरडीसीको २१ औं सम्मेलन काठमाडौंमा आयोजना हुने

Technology Khabar २५ भाद्र २०७५, सोमबार

एआईआरडीसीको २१ औं सम्मेलन काठमाडौंमा आयोजना हुने

काठमाडौं ।

काठमाडौं । विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी)को २१ औं सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ ।

असोज ९ र १० गते २० देशका बीमा कम्पनी र नियामक निकायहरुको सहभागीतामा हुने सो सम्मेलनमा प्राकृतिक विपत्ती र साइबर क्राईमको जोखिम बहनबारे छलफल हुने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा २० देशका १५० भन्दा बढि इन्स्योरेन्स कम्पनी तथा नियामक निकायका प्रतिनिधीहरुको सहभागीता रहनेछ ।

सम्मेलनले विकासोन्मुख मुलुकहरुमा अत्याधिक जोखिमका रुपमा देखिएको प्राकृतिक विपत्ति र बीमा क्षेत्रमा साइबर क्राइमको जोखिम बहनबारे व्यापक छलफल हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए ।

एआईआरडीसीका उपाध्यक्ष तथा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले विश्वमा साइबर क्राइम महत्वपूर्ण जोखिम भएको र बीमा क्षेत्रमा साइबर काईमबारे निकै कम मात्र छलफल हुने गरेको भन्दै प्राकृतिक विपत्ति पनि त्यतिकै जोखिमपूर्ण क्षेत्रमा पर्नेहुँदा यी विषयहरुमा छलफल हुने जानकारी दिए ।

प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलाइजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

५०० नेपाली र १५० विदेशी गरि ६५० जना बीमा क्षेत्र सम्वद्ध व्यक्तिहरुले सम्मेलनमा प्रत्यक्ष सहभागीता जनाउनेछन् । एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ ।

सम्मेलनको क्रममा नै हाल उपाध्यक्षको जिम्मेवारीमा रहेका विजय बहादुर शाहले संस्थाको अध्यक्षको जिम्मेवारी प्राप्त गर्नेछन् ।

easy care

प्रकाशित: २५ भाद्र २०७५, सोमबार