मकालु यातायातको टिकट अब मोबाइलबाटै काट्न सकिने, १० प्रतिशत क्यास ब्याक पनि पाईने

Technology Khabar २२ भाद्र २०७५, शुक्रबार

मकालु यातायातको टिकट अब मोबाइलबाटै काट्न सकिने, १० प्रतिशत क्यास ब्याक पनि पाईने

काठमाडौं ।

काठमाडौ । मकालु यातायातको टिकट अब अनलाइन तथा मोबाइल एपबाटै काट्न सकिने भएको छ । माउन्ट मकालु यातायात प्रा.लि.ले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट काट्न सकिने सेवा सुरू गरेको हो ।

कम्पनीले राजधानीमा एक एक कार्यक्रमको आयोजना गरी अनलाइन टिकटिङ सेवाको औपचारिक सुरूवात गरेको हो । पूर्वी नेपालका भद्रपुर, काकारभिट्टा, बुधबारे, ताप्लेजुङ विराटनगर र जनकपुर लगायतका क्षेत्रमा अनलाइनबाटै टिकट काटेर यात्रा गर्न सकिनेछ ।

कार्यक्रममा माउन्ट मकालु यातायात प्रालिका अध्यक्ष तुलसी मान सिंहले हरेक क्षेत्र प्रविधिको प्रयोग गरेर अगाडी बढिरहेका बेला यातायात क्षेत्रलाई पनि प्रविधि मैत्री बनाई यात्रुलाई सहजता प्रदान गर्नुपर्छ भनेर अनलाइन टिकटिङको सेवा सुरू गरेको जानकारी दिए ।

कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि आर खनालले यातायात क्षेत्रलाई डिजिटलाइज बनाउने अभियानमा मकालुसँगको सहकार्यले महत्वपूर्ण सहयोग पुग्ने बताए ।

यात्रुहरूले माउन्ट मकालु यातायातको आधिकारिक वेभसाइट माउन्ट मकालु डटकम डट एनपी (www.mountmakalu.com.np) अथवा बससेवाको वेभसाइट बससेवा डटकम (www.bussewa.com) तथा बससेवाको मोबाईल एपबाट सिधै टिकट काट्न सक्नेछन् । यसैगरी इसेवाको वेभसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ ।

इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोलछिमेकमा रहेका इसेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सकिनेछ । साथै निकट भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिने बताईएको छ ।

माउन्ट मकालु यातायातले अनलाइन टिकटिङ सेवाको औपचारिक सुरूवातको अवसरमा अनलाईन टिकट किन्दा १० प्रतिशत क्यास ब्याक योजनाको घोषणा गरेको छ । यो योजना असोज ५ गतेसम्म लागु हुने कम्पनीले जनाएकोछ ।

करिब २२ वर्ष अगाडी स्थापना भएको माउन्ट मकालु यातायातले यो अविधसम्म ५२ लाख भन्दा बढि यात्रुलाई सेवा प्रदान गरिसकेको जानकारी दिएको छ ।

easy care

प्रकाशित: २२ भाद्र २०७५, शुक्रबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार