अब फेसबुकमा भिडियो अपलोड गर्नुस् र पैसा कमाउनुस्, यस्तो छ आम्दानीको मापदण्ड

Technology Khabar १४ भाद्र २०७५, बिहीबार

अब फेसबुकमा भिडियो अपलोड गर्नुस् र पैसा कमाउनुस्, यस्तो छ आम्दानीको मापदण्ड

काठमाडौं ।

काठमाडौं । फेसबुकले आफ्नो भिडियो प्लेटफर्म फेसबुक वाच(Facebook Watch) विश्वभरका प्रयोगकर्ताहरुका लागि सार्वजनिक गरेको छ । कम्पनीको यो भिडियो कन्टेन्ट्सका लागि नयाँ सेवा हो ।

फेसबुकले भर्खर मात्र उपलब्ध गराएको फेसबुक वाचले गूगलको यूट्यूबलाई सिधै टक्कर दिने अनुमान गरिएको छ, किनकी यसबाट प्रयोगकर्ताहरुले यूट्यूबको जस्तै आम्दानी समेत गर्नसक्नेछन् ।

गत वर्ष अगस्तमा अमेरिकामा सार्वजनिक गरिएको यो प्रडक्ट अहिले भने सबैका लागि बिहिबारदेखि उपलब्ध हुनेछ । यसले पब्लिसर्स तथा कन्टेन्ट क्रिएटर्सलाई उनीहरुको भिडियोहरुका लागि अन्तराष्ट्रिय बजार मिल्ने फेसबुकको भनाई छ ।

फेसबुकले एक स्टेटमेन्ट जारी गर्दै भनेको छ, फेसबुक वाचको लन्चिंगका साथै हामी अन्तराष्ट्रिय स्तरमा पब्लिशर्स र क्रिएटर्सलाई दुई किसिमले सहयोग गर्न चाहन्छौं । पहिलो फेसबुकमा भिडियोद्धारा पैसा कमाउनेमा उनीहरुलाई सहयोग हुनेछ भने दोस्रो क्रिएटर्सले उत्कृष्टरुपमा उनीहरुको कन्टेन्टले कस्तो कार्यक्षमता देखाईरहेको छ थाहा पाउन सक्नेछन् ।

वाच गत वर्ष अमेरिकामा यूजर्सहरुका लागि शो तथा भिडियो क्रिएटर्सहरु पहिचान गर्ने लक्ष्यका साथ आएको थियो । जूनमा फेसबुकले क्रिएटर्स र यूजर्सलाई नजिक ल्याउनका लागि नयाँ शोहरु लन्च गर्ने घोषणा गरेको थियो ।

फेसबुककाअनुसार यो सेवा अंग्रेजी भाषाका बाहेक अन्य स्थानिय भाषाहरु पनि सपोर्ट गर्नेछ ।

प्रयोगकर्ताहरुले भने कुनैपनि ब्राण्डेड कम्पनीको वा नयाँ क्रिएटर्सको भिडियोहरु छनौट गर्नसक्नेछ । त्यस्तै आफ्नो न्यूज फिडमा सेभ भएको भिडियो पनि हेर्नसक्नेछन् ।

अहिले भने सिमित पब्लिसर्स तथा क्रिएटर्सलाई मात्र यसमा अवसर दिईएको छ । जसमध्ये बेलायत, अमेरिका, आयरल्याण्ड, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट मात्र यस्तो सुविधा पाईनेछ । आगामी दिनमा थप २१ देशमा उपलब्ध हुने बताईएको छ ।

वाचबाट आउने आम्दानीमा ५५ प्रतिशत हिस्सा क्रियटर्सले पाउनेछन भने ४५प्रतिशत फेसबुकले राख्नेछ ।

फेसबुकले वाच मार्फत भिडियोद्धारा आम्दानी गर्नको लागि भने केहि शर्तहरु राखेकोछ। सो शर्त पुराभएको खण्डमा मात्र भिडियो अपलोडर वा क्रिएटर्सले पैसा कमाउन सक्नेछन् ।

यस्तो छ फेसबुक वाचकाे शर्तहरु

यसमा क्वालिफाई हुनका लागि क्रिएटर्सले कमसेकम तीन मिनेटको भडियो बनाउनुपर्नेछ । जून भिडियोमा १०,००० फलोअर्स हुनुपर्नेछ, दुई महिनाको समय सीमा भित्र ३०,००० भन्दा बढि एक मिनेटको भ्यूज अर्थात फेसबुक प्रयोगकर्ताहरुले कम्तिमा १ मिनेटको भिडियो ३० हजार पटक हेरेको हुनुपर्नेछ । यति नभएमा फेसबुकको मोनेटाइजेशन एलिजिबिलिटीको स्ट्याण्डर्डलाई पुरा गर्नुपर्नेछ ।

यो सुबिधा फेसबुकको एड ब्रेक्स(ad breaks) सुविधा उपलब्ध भएको देशको लोकेशनमा पब्लिसर्सको लोकेशन हुनुपर्नेछ ।

फेसबुकका विश्वब्यापी लन्च गरेसँगै एड ब्रेक्स पनि थप पब्लिसर्सका लागि सार्वजनिक गरेको छ । एड ब्रेक भन्नाले भिडियोको बिचमा आउने वा भिडियो भन्दा अगाडि आउने विज्ञापन वा भिडियोको मुनी आउने तस्विरहरु हुन् । पब्लिसर्सले आफैंले एड इन्सर्ट गर्नसक्नेछन वा फेसबुकको अटोमेटेड एड इन्टर्ससन फिचर प्रयोग गर्न सक्नेछन् ।

फेसबुकले यसका साथमा क्रिएटर स्टूडियो नामक फीचर पनि सार्वजनिक गरेको छ ।

easy care

प्रकाशित: १४ भाद्र २०७५, बिहीबार

ताजा समाचार