एलबीईएफद्वारा ई न्यूज लेटरको शुरुवात

Technology Khabar २९ श्रावण २०७५, मंगलवार

एलबीईएफद्वारा ई न्यूज लेटरको शुरुवात

काठमाडौं ।

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कलेजको मुखपत्र एलबीईएफ कनेक्ट नामक ई न्यूज लेटरको शुरुवात गरेको छ । सो अनलाइन पत्रिकाको एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन्सका अध्यक्ष पंकज जालानले कलेजले पूर्व विद्यार्थीहरुको वार्षिक भेटघाट कार्यक्रम मिलापमा लोर्कापण गरे ।

कलेजको गतिविधीको जानकारी दिन र विद्यार्थी र शिक्षकहरुको रिर्सच पेपरहरु समेट्ने गरि एलबीईएफ कनेक्ट नामक यस अनलाइन पत्रिकाको शुरुवात गरेको कलेजले जनाएको छ ।

एलबीईएफसँग ७,३८८ जनाको अलुम्नाइ छ जसमा नेपाल, अमेरिका, युरोप, अष्टे्रलिया, क्यानडा र दक्षिण एसियामा १२३ जनाभन्दा धेरै सीईओहरु रहेको कलेजले जनाएको छ ।

easy care

प्रकाशित: २९ श्रावण २०७५, मंगलवार

ताजा समाचार