ह्वावेले एप्पललाई स्मार्टफोन बिक्रीमा जित्यो, दोस्रो स्थानमा उक्लिन सफल

Technology Khabar १६ श्रावण २०७५, बुधबार

ह्वावेले एप्पललाई स्मार्टफोन बिक्रीमा जित्यो, दोस्रो स्थानमा उक्लिन सफल

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावे टेक्नोलोजीले एप्पललाई पछि पार्दै विश्वको दोस्रो ठूलो स्मार्टफोन बिक्रेता भएको छ । हालै आईडिसीले सार्वजनिक गरेको चौमासिकको रिपोर्टअनुसार कम्पनी सामसंगपछिको दोस्रो ठूलो बिक्रेता कम्पनी बन्न सफल भएको हो । ह्वावेले विशेषगरि यूरोपमा बजार बिस्तारका साथै आफ्नै देशमा बजार ससक्त बनाएपछि यो सफलता हात पारेको हो ।

ह्वावेले २०१८ जूनको चौमासिकमा ५४.२ मिलियन यूनिट फोन बिक्री गरेको छ, जून समग्र बजारको आधारमा १५.८ प्रतिशत हो, जून अघिल्लो वर्ष ह्वावेसँग ११ प्रतिशत मात्र थियो ।

आईडिसीकाअनुसार यो वर्ष समग्रमा तेस्रो चौमासिक लगातार स्मार्टफोन बिक्रीमा लगातार कमी आएको छ । विश्वबजारमा स्मार्टफोन उत्पादकहरुले कुल ३४२ मिलियन यूनिट बिक्री गरेका छन जून अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १.८ प्रतिशतले कम हो ।

सोहि अवधिमा एप्पलले भने ४१.३ मिलियन स्मार्टफोन बिक्री गरेको छ, जून बजारमा १२.१ प्रतिशत हो । अघिल्लो वर्ष सोहि अवधिमा एप्पलको बजार हिस्सा ११.८ प्रतिशत रहेको थियो ।

आईडिसीकाअनुसार अहिले ह्वावेले एप्पललाई बजारमा पछि पारेको भएपनि यो वर्षको अन्त्यमा एप्पलले सार्वजनिक गर्ने नयाँ आइफोन मोडलहरुले पुन एप्पलको बजार बढाउने छ र फेरी दोस्रो स्थानमा आउन सक्नेछ ।

सोहि अवधिमा सामसंगले भने ७१.५ मिलियन स्मार्टफोन बिक्री गरेको छ, जून बजार हिस्साको आधारमा २०.९ प्रतिशत हो ।

आइडिसीको रिपोर्टअनुसार विश्व बजारमा चिनियाँ कम्पनी शाओमी चौथो स्थानमा छ जसले कुल ३१.९ मिलियन स्मार्टफोन बिक्री गरेको छ भने पाँचौं स्थान ओपोले लिन सफल भएको छ । ओपोले सो अवधिमा २९.४ मिलियन स्मार्टफोन बिक्री गरेको थियो ।

easy care

प्रकाशित: १६ श्रावण २०७५, बुधबार