नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा, यस्तो विशेषताहरु

Technology Khabar ७ श्रावण २०७५, सोमबार

नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा, यस्तो विशेषताहरु

काठमाडौं ।

काठमाडौं । चिनियाँ फोन उत्पादक कम्पनी हुवावेले नोभा सिरिजअन्तर्गतका नोभा थ्री (Nova 3) तथा नोभा थ्री आई (Nova 3i) नेपाली बजारमा सार्वजनिक गरेको छ।

यी स्मार्टफोनमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली (एसओसी) जडान गरिएको छ।

नोभा थ्री तथा नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै आर्टिफिसियल इन्टेलिजन्स (एआई) प्रणाली जडित छ।

दुवै फोनहरुमा दुईवटा फ्रन्ट क्यामराहरु छन्। २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ।

नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफ १.८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ। यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रा तस्वीर खिच्ने कम्पनीको दावी छ।

थ्री आईको रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर राखिएको छ।

६.३ ईन्च एफएचडी प्लस २३४०x१०८० १९.५:९ को फूल भ्यू डिस्प्ले राखिएको फोनमा आइरिस ब्लू कलरको प्रयोग गरिएको छ।

दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ। नोभा थ्रीमा किरिन ९७० एसओसी जडान गरिएको छ भनेनोभा थ्री आई किरिन ७१० एसओसी राखिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ७ श्रावण २०७५, सोमबार