एप्पलको ६.१ इन्चको एलसीडी डिस्प्ले भएको आइफोन यस्तो डिजाइनमा आउने

Technology Khabar ११ असार २०७५, सोमबार

एप्पलको ६.१ इन्चको एलसीडी डिस्प्ले भएको आइफोन यस्तो डिजाइनमा आउने
आइफोन एक्स

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले यो वर्ष सेप्टेम्बरमा तीन आईफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

केजीआईका विश्लेषक मिंग ची कुओले पनि तीन नयाँ आइफोनहरु ५.८ इन्च ओएलईडी डिस्प्ले, ६.५ इन्चको ओएलईडी डिस्प्ले र ६.१ इन्चको एलसिडी डिस्प्लेसहितको आउने अनुमान गरेका छन् ।

यी तीनै स्मार्टफोनहरुमा आइफोन एक्सको जस्तै एज टू एज डिस्प्लेका साथै नोच पनि हुनेछ । यी तीन स्मार्टफोनमध्ये एउटा ६.१ इन्चको एलसीडी डिस्प्लेको आधिकारिक रेंडर सार्वजनिक भएको छ ।

हाल ६.१ इन्चको आइफोनको रेंडर थर्ड पार्टी केशमेकर कम्पनी गोस्टटेकले तयार पारेको हो । यो रेंडर एप्पलको नयाँ मिड रेन्जको आइफोनको कभरको डिजाइन हो, जून हेर्दा अहिलेको आइफोन एक्सको जस्तै देखिन्छ ।

यो स्मार्टफोनमा थ्रीडी टच सपोर्ट हटाईने छ भने यसले आइफोन एसई २ लाई रिप्लेस गर्ने अनुमान गरिएकोछ ।

एप्पलले बजेट आइफोनको रुपमा ल्याउने यो फोनको मूल्य अहिलेको आइफोनको भन्दा करिब आधा मूल्य मात्र हुने बताईएको छ ।

एजेन्सीहरु

easy care

प्रकाशित: ११ असार २०७५, सोमबार