एन्टीरेडियसन चिप्स नेपाली बजारमा, मोबाइलबाट निस्कने विकिरणबाट सुरक्षा गर्ने

Technology Khabar ४ असार २०७५, सोमबार

एन्टीरेडियसन चिप्स नेपाली बजारमा, मोबाइलबाट निस्कने विकिरणबाट सुरक्षा गर्ने

काठमाडौं ।

काठमाडौं । मोबाइल लगायतका इलेक्ट्रोनिक उपकरणहरुको रेडियसनबाट सुरक्षित बनाउने इन्भाइरोचिप्स ब्राण्ड अन्र्तगत रेडियसन प्यूरिफायर चिप्स नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालमा इन्भाइरोचिप्स रेडियसन प्यूरिफायर चिप्स (Envirochip Radiation Purifier) बज्र यूनिभर्सल प्रालीले सार्वजनिक गरेको हो ।

रेडियसन चिप सार्वजनिक कार्यक्रममा बोल्दै इन्भाइरोचिप्स उत्पादक कम्पनी सिनर्जी इनभाइरोनिक्स्का निर्देशक प्रणव पोद्दारले विभिन्न इलेक्ट्रोनिक उपकरणहरुबाट उत्पन्न हुने रेडियसनलाई यो चिपबाट नियन्त्रण गरेर सुरक्षित बन्न सकिने बताए ।

‘इनभाइरोचिपले प्रयोगकर्ताहरुलाई इलेक्ट्रो म्याग्नेटिक रेडियसन विकिरणहरुवाट सुरक्षित राख्न मदत गर्दछ । हाम्रो लक्ष्य आगामी दुई वर्ष भित्र सबै नेपाली मोवाइल प्रयोगकर्तासम्म इनभाइरोचिप पुर्याउने योजना छ । यो चिप यूरोपियन स्ट्यान्डर्डको प्रमाणित र प्याटेन्ट हो,’ उनले भने ।

सो चिपको एक्सपाइरी डेट नभएको र वर्षौवर्षसम्म प्रयोग गर्न सकिने बताईएको छ ।

कार्यक्रममा बज्र यूनिभर्सल प्रालीका बसन्त जोशीले विशेषगरि मोबाइल फोन प्रयोगकर्ताहरुको सुरक्षालाई ध्यानमा राखेर सो उत्पादन ल्याएको जानकारी दिए ।

‘मानिसहरु निकै अवधिसम्म आफ्नो मोबाइल प्रयोग गरिरहेका हुन्छन्, त्यसैले मोबाइलसहितका विद्युतिय उपकरणहरुको रेडियसनलाई शुद्धिकरण गर्न उपयोगी हुनेछ,’ उनले भने ।

यो चिप विभिन्न विद्युतिय उपकरणहरु जस्तैः– मोवाइल, ल्यापटप, कम्प्युटर, राउटर आदि बाट आउने खतरनाक विकिरणको प्रकृती बदलेर प्रयोगकर्तालाई सुरक्षित र स्वस्थ्य बनाउँछ । यस चिपले विद्युतिय उपकरणहरुको सिग्नल र परफरमेन्सलाई असर नगरी विद्युतिय विकिरणहरुलाई शुद्धिकरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

नेपाली बजारमा यो इन्भाइरोचिप्स ब्राण्ड अन्र्तगत रेडियसन प्यूरिफायर चिप्स १५०० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

इन्भाइरोचिपको परिक्षण

इन्भाइरोचिपको परिक्षण भारतको प्रतिष्ठित चिकित्सक संस्था म्याक्स हेल्थ केयर नयाँ दिल्ली र यूके को डि.बी. टेक्नोलोजी प्रयोगशालामा भएको दाबी गरिएको छ ।

इन्भाइरोचिपलाई हालसालै सिंगापुरको ग्रिन बिल्डिङ काउन्सिलले प्रमाणित गरेको छ । यस चिपस् सम्बन्धी पाँच सय भन्दा बढि व्यक्तिहरुमा गरेको अनुसन्धानले इन्भाइरोचिपको प्रयोग गरेपछि उनीहरुको तनावको स्तर पाँच प्रतिशतले कम भएको र पल्स रेट र इमुनिटि पावर राम्रो भएको देखाएको छ । यस बारे विभिन्न परिक्षणहरुको नतिजा जर्नल अफ वायो मेडिकल साइन्स एण्ड इन्जिनियरिङ्ग यु.एस.ए. र एम.आई.टी. टेक्नोलोजिको रिभ्यूमा प्रकाशित गरिएको कम्पनीको भनाई छ ।

के हो इलेक्ट्रोम्याग्नेटीक रेडियसन ?

इलेक्ट्रोम्याग्नेटीक रेडियसन (EMR) प्रवाह गर्ने उपकरणहरुको लामो समयसम्मको प्रयोग मौन हत्यारा हुन सक्छ । हामी घर अथवा अफिसमा चैबिसै घण्टा विभिन्न विद्युतीय उपकरणहरु प्रयोग गरिरहेका हुन्छौ । इलेक्ट्रोम्याग्नेटीक रेडियसन मानव आँखाको लागी अदृश्य हुनुको साथै अधिक खतरनाक पनि छ । बढी विद्युतीय उपकरणहरुको प्रयोगले अल्पकालीन र दिर्घकालीन समस्याहरु देखा पर्दछ ।

अल्पकालीन समस्या जस्तैः– निन्द्रा नलाग्नु, टाउको दुख्नु, कान टिन्न हुनु, आँखा सुक्खा हुनु, जस्ता लक्षणहरु देखा पर्दछ । दिर्घकालीनमा रोग प्रतिरोधात्मक शक्ति कम हुनु, मुटु रोग, ट्युमर र चरम अवस्थामा क्यान्सर हुन सक्ने प्रवल सम्भावना भएको विभिन्न राष्ट्रका वैज्ञानिकहरुको अध्ययनले प्रमाणीत गरिएको छ ।

यसका साथै इलेक्ट्रोम्याग्नेटीक रेडियसनले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यलाई पनि प्रभाव पार्दछ । विश्व स्वास्थ्य संगठनले सन् २०११ मा मोवाइलबाट निस्किने विकिरणलाई सम्भवत:- कारसीयोजेनिक (क्यान्सर) ग्रुप २ बी क्यान्सरको श्रेणीमा वर्गीकृत गरिएको कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: ४ असार २०७५, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार